हिम विश्वकर्मा
लकडाउन खुकुलो पार्नु पूर्व हामीले सम्भाव्य महामारी संक्रमणको खतरालाई मध्यनजर गरी, यथा सम्भव आवश्यक कुराहरुको व्यवस्थापन गर्न चूक्यौं भने ! कोरोना भाइरस (कोभिड १९) महामारी संक्रमणको खतरा हाम्रा लागि ठूलो चुनौती बन्न सक्छ । किनकी ! हाम्रा हिजोका सिकाईहरुलाई निहाल्दा, हामी स्व–विवेक अनुसार भूगोल परिवेश अनुकुलित विकासका गतिविधिहरु कार्यान्वयन गर्नु पूर्व प्रभावकारी निणर्य गर्न चुकिरहेका छौं ।
हामी २१ औं शताब्दीको नविनतम यूगमा प्रवेश गरी सक्दा पनि, अर्को छिमेकीहरुले के–कस्ता निणर्यहरु गर्दछन ? कसरी कार्यान्वयन गर्दछन ? भनि ! छिमेकीहरुले तय गर्ने गरेका गतिविधीहरुको बाटो निहाली बसी रहने गरिरहेका छौं । छिमेकीहरुले अवलम्बन गर्ने गरेका अभ्यासहरु हाम्रो ठाउँ परिवेश सुहाउँदा छन् वा छैनन् । छिमेकीहरुले कार्यान्वयन गर्ने गरेका अभ्यासहरुलाई अबलम्बन गर्न हाम्रो व्यवस्थापकीय पक्षको अवस्था के–कस्तो छ ? उक्त अभ्यासहरुको प्रभावकारी कार्यान्वयनका लागि हामी के–कस्ता रणनीति लागु गर्छौं ? प्रतिफल प्राप्त पश्चात कुनै सुधार गर्न आवश्यक कुरा भए, उक्त कार्यका लागि आवश्यक साधन–स्रोतको अग्रीम व्यवस्थापन गर्न हामी के–कति सक्षम छौं ? यदि सक्षम छौं भने, उक्तस्रोत व्यवस्थापनका आधारहरु के–के हुन सक्छन ? आवश्यकता अनुसार हामी उक्त स्रोत–साधनहरुलाई के–कसरी परिचालन गर्न सक्छौ ? प्रस्तावित कार्यलाई समय भित्र सम्पादन गर्न हामी को–को संग ? के–कसरी ? समन्वय र सहकार्य गर्न सक्छौ ? हामीले विश्वास गरेका सम्बन्धीत पक्षहरुले के–कति र क– कस्तो सहयोग गर्न सक्छन ? हो ! यस्ता थुप्रै आवश्यक पक्षहरुको समीक्षा गरी विचार पूर्वक निर्णय लिनुको सट्टा, हामी छिमेकीद्वारा पारित गरिएका कतिपय निर्णयहरु ढिलो–चाँडो हबहु लागु गर्न तत्पर हुन्छौं । जसकारण यस्ता अभ्यासहरुको नतिजा कतिपय बेला उपलब्धीमुलक बन्न नसकेको थुप्रै उदाहरणहरु तपाई हाम्रो सामु विद्यमान नै छन ।
हामीले सामाजिक विकास र भौतिक विकासको पाटोलाई योजनावद्ध ढङ्गले समानरुपमा व्यवस्थापन गर्न सकि रहेका छैनौं । सामाजिक विकासको पाटो बलियो नभएको हुँदा, समाजमा विद्यमान व्यवहारहरु परिवर्तन गर्न हामीले थुप्रै चुनौतिको सामाना गर्नु परिरहेको अवस्था छ । समाजमा सचेतना अभावका कारण सकारात्मक सोंचले स्थान पाउन सकेको छैन । सामाजिक विकासको पाटो कमजोर भएकै कारणले होला, हामीले कार्यान्वयन गर्ने गरेका विभिन्न पूर्वाधार विकासका क्रियाकलापहरु पनि दिगो हुन सकेका छैनन् ।
सामाजिक विकासको प्रमुख पाटो स्वास्थ्य र शिक्षा सम्पूर्ण नागरिक तह सम्म समता मुलुक ढंगले वितरण हुन नसक्दा, हाम्रो समाज अझै पनि सचेतना विकासको क्षेत्रमा अघाडी बढन् सकेको छैन । सचेतना अभिवृद्धिको अभावमा सामाजिक व्यवहार परिवर्तनको पाटो आज सम्म पनि ओझेलमा परिरहेको अवस्था छ । तथापी; शिक्षा र स्वास्थ्य क्षेत्र राष्ट्र विकासको पहिलो प्राथमिकतामा पर्न सकेको छैन । शिक्षा र स्वास्थ्यको अभावमा समाजमा सकारात्मक सोंच र दूरदृष्टिकोणको विकास हुन सकेको छैन । जसकारण भौतिक पूर्वांधार विकासको कुशल कार्यसम्पादन र दिगोपनालाई जोड दिन हामी चुकिरहेका छौं । सायद सचेतना अभाव कै कारण होला । हामीले योजनाको दिर्घकालिन महत्व र फाईदाबारे बुझेका छैनौं यदि बुझेका छौ योजना भित्र निहित स्वार्थ मात्र । जुन कुरा हामी वर्षौ देखी निहाली रहेका छौं ।
तर पनि ! हामी समाज विकासको प्रमुख आधारशिला शिक्षा र स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेर विकासलाई अघाडी बढाउनुको सट्टा अन्य योजनालाई प्रमुख प्राथमिकतामा राखी शिक्षा र स्वास्थ्य क्षेत्रलाई छाँयामा पार्ने कुरामा जोड दिने गरिरहेका छौंं । शिक्षा र स्वास्थ्यलाई पछाडी राखी अन्य कार्यक्रमहरुलाई प्रमुख प्राथमिकतामा राखेर कार्यान्वयन गरीने विकासका गतिविधिले सामाजिक विकासको पाटो माथि उठ्न सकिरहेको अवस्था छैन ।
हो, यस्तै गतिविधीले सदैव निरन्तरता पाईरहने हो । भने ! हामी कहिले सम्म समतामुलक स्वस्थ्य, सुखी र समृद्ध समाज निमार्ण गर्न सक्छौ ? नेपाली नागरिकले कहिले सम्म आफूलाई स्वस्थ्य, सुखी र समृद्ध भएको महसुश गर्न सक्छन ? ठाक्कै, ठम्याउन गाह्रो छ । यदि ! हाम्रो सामाजिक विकासको पाटो समय अनुसार बलियो बन्दै आएको भए । निश्चित पनि समाजमा बसोबास गर्ने मानिसहरु एक अर्काको समान विकास प्रति चिन्तित हुन्थे होलान । समाजमा अनुशासन र सुशासन स्थापित भएको हुन्थ्यो होला । सबै योजनाहरुको तोकिएको मापदण्ड अनुसार कार्यसम्पादन र दिगोपना सुनिश्चित भएको हुन्थ्यो होला । राष्ट्र सामाजिक, आर्थिक, जैविक र रुपान्तरणीय प्रणालीमा मजबुत भई समाजमा सुख, शान्ति र समृद्धि स्थापना भएको हुन्थ्यो होला । आज व्यक्ति, समाज र राष्ट्रले आधारभूत आवश्यकता परिपूर्तिको लागि छिमेकीको मुखताकी बस्नु पर्ने अवस्था सृजना हुदैन्थो होला । अनुपम सौन्दर्य र प्राकृतिक स्रोतसाधनले भरीपूर्ण नेपाल विकसित मुलकको रुपमा परिचीत हुन्थ्यो होला । नेपाली यूवाहरुलाई रोजगारीको लागि विदेशका गल्लीगल्लीहरु चहार्नु पर्ने अवस्था नभई स्वदेशमा नै पर्यटन, पर्वतारोहण, जलविधुत, खानी, वनपैदावर, पशुपालन, कृषिमा आधारीत उधोग व्यवसाय सञ्चालन गरी स्वरोजगार बन्ने अवसर सृजना भएको हुन्थ्यो होला । आज, हामी सहयोग लिनका लागि हात थाप्ने भन्दा पनि सहयोग दिने नागरीकको रुपमा चिनिन्न्थ्यौं होला । हामीले राष्ट्रको बजेट निमांर्ण गर्दा विदेशबाट आउँने र्यामिन्टयान्सको आंकलन गर्नु पर्दैन्थ्यो होला ।
तर ! के गर्ने ? विश्वमै पुरानो इतिहास बोकेको हाम्रो मुलकमा रचनात्मक कार्यशैली र प्रभावशाली नेतृत्वको अभावमा समय र परिवेश सुहाउँदो विकासले गति लिन नसक्दा । आज राष्ट्र विकासका सम्वाहक लाखौं परिश्रमी यूवाहरु रोजगारीको लागि विदेशी भूमीमा न्यूनतम ज्यालामा जोखिमपूर्ण काम गर्न र कष्टकर जीवन बिताउन बाध्य छन ।
हाल विश्वभरी फैलिएको कोराना भाइरस (कोभीड १९) महामारीको त्रासमा समग्र विश्व नै स्तब्ध छ । करिब १.५ महिना देखी पुरै विश्व ठपक्कै बन्द छ । कयौंन मानिसहरु गाँस, बास, कपासको अभावमा छट्पटिएका छन् । युवाहरुले रोजगार गुमाएका छन भने कयौनले ज्याला नपाएको अवस्था छ । सिमा–नाका बन्द हुदाँ कयौन मानिसहरु बाटोमा फँसी रहेको अवस्था छ । कयौंन मानिसहरु पैसाको अभावमा स्वास्थ्यको कुनै प्रवाह नगरी भोक भोकै पैदलयात्रा तय गरी गाउँ पर्खन बाध्य छन । विश्व–विपदको यस घडीमा आफ्नो देश र घर फर्कन नपाउँदा कयौंन मानिसहरु मानसिक रुपमा कमजोर बनेका छन । उनीहरुको हौसला गुमेको छ । उनीहरुमा निराशा छाएको छ । उनीहरु लॉकडाउन फिर्ता हुने र सिमा–नाकाहरु खुल्ने समय पर्खी बसिहरेका छन । यस्तो भयाभव स्थितिमा आफ्ना नागरिकहरुले झेलिरहेको करुणादायी अवस्थालाई मध्यनजर गरी उनीहरुलाई यथाशिर्घ घर फर्काउने वातारणतय गर्नु राष्ट्रको दायित्व हो । र राष्ट्र जिम्मेवार बन्नु पर्छ । किनभने ! जब मानिसहरु विपदको घडीमा आफ्नो देश र घर फर्कन सक्दैन । राष्ट्रले आफ्ना नागरिकहरुलाई स्वदेश फर्काउन सक्दैन भने, नागरिकहरुलाई देश किन चाहियो ? जुनसुकै राष्ट्रले जब आफ्ना नागरिकलाई सुरक्षा प्रदान सक्दैन उसको सक्षमताको मूल्याकंन कसरी गरिएला ? तसर्थ हरेक मानिसहरुले संकटको वेला सक्दो छिटो स्वदेश फर्कन पाउनु उसको नैसर्गिक अधिकार हो । विश्व विपदको घडीमा यदि हामी नागरिकहरुको चिन्ता गर्छौ भने ! उनीहरुलाई सक्दो छिटो स्वदेश फर्काउने वातावरण तय गर्नु राष्ट्रको प्रमुख जिम्मेवारी हो ।
तर ! विश्व विपदको यस घडीमा प्रवासबाट आउने आम मानिसहरुलाई घर फर्कने वातारण तय गर्नु पूर्व तपशिलका कुराहरुको यथाशिर्घ व्यवस्थापनमा जोड दिन अहिलेको आवश्यकता हो ।
सम्बन्धीत देशहरुसंग कुटनीतिक पहल गरी स्वदेश फर्कन चाहेन आम नागरिकका लागि सुरक्षीत परिवहनको व्यवस्था मिलाउने ।
स्वदेश फर्कन नचाहने आम नागरिकहरुको गाँस, बास, कपास र आवश्यक उपचारको लागि सम्बन्धीत राष्ट्रसंग आवश्यक परामर्श गर्ने आवश्यक भए वित्तिय सहयोग गर्न जोड दिने ।
प्रवासबाट स्वदेश फर्कन चाहने मानिसहरुको तथ्याङ्क अद्यावधीक गरी आवश्यक क्वारेन्टीन केन्द्र र आईसोलेशन कक्षको यथाशिर्घ व्यवस्थापनमा जोड दिने ।
विभिन्न सिमा–नाकामा प्रवासबाट आएका मानिसहरुको भरपर्दो स्वास्थ्य चेकजाँचमा जोड दिई प्रत्येक व्यक्तिको अभिलेख अद्यावधिक गरी, सुरक्षीत सवारी साधनको व्यवस्था सहित सम्बन्धीत जिल्ला र स्थानीय विपद व्यवस्थापन समिति संग समन्वय गरी निश्चित गन्तव्यमा पु¥याउन व्यवस्था गर्ने ।
प्रवेशनाकाहरुमा स्वास्थ्य परिक्षण गरीदा महामारी संक्रमणको कुनै संकेत देखा परे सम्बन्धित व्यक्तिलाई अबिलम्ब पायक पर्ने अस्पतालहरुमा पु¥याई आइसोलेशनमा राखी आवश्यक उपचारमा जोड दिने ।
स्वास्थ्य विज्ञहरुको राय अनुसार महामारीबाट बच्न र बचाउँन विभिन्न संचार माध्यमद्वारा ठाउँ परिवेश सुहाउँदो सचेतना मुलक सन्देशहरु उत्पादन तथा प्रसारण गरी आम मानिसहरुलाई सजग र सर्तक पार्ने ।
प्रवेशनाकामा स्वास्थ्य परिक्षण गर्दा महामारी संक्रमणको कुनै नतिजा फेला न परेका आम मानिसहरुलाई सुरक्षीत होम क्वारेन्टिनमा बस्न र बसाउन सम्बन्धीत पालिका, वडा, वस्ती र परिवार र व्यक्तिलाई जिम्मेवार बनाउन जोड दिने ।
प्रवासबाट आएर क्वारेन्टीन वा होम क्वारेन्टीनमा बसेका आम मानिसहरुको तोकिएको समय सिमा भित्र स्वास्थ्य परिक्षण गर्न आवश्यक ¥यापिड डाईग्नोसिस टेष्ट किटको प्रबन्ध गर्न जोड दिने ।
प्रवासबाट आएका मानिसहरुको सक्दो छिटो ¥यापिड डाईग्नोसिस टेष्ट गर्न स्वयंसेवक छनौट, आवश्यक प्रशिक्षण र परिचालनमा जोड दिने ।
स्वास्थ्य चिकित्सक, नर्स र आम स्वास्थ्यकर्मीका लागि आवश्यक स्वास्थ्य सुरक्षा सामाग्रीको अविलम्ब व्यवस्था गर्ने ।
स्वास्थ्य चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु लाई कोरोना भाइरस (कोभिड १९) महामारीको उपचार सम्बन्धी आवश्यक प्रशिक्षण दिने ।
आवश्यक औषधी तथा स्वास्थ्य समाग्रीको अविलम्ब व्यवस्थापनमा जोड दिने ।
सबै वस्तीतहमा आवश्यक माक्स, साबुन, हाण्ड स्यानिटाईजरको व्यवस्थापनमा जोड दिने ।
सम्बन्धीतक्षेत्रको आवश्यकता अनुसार खाद्यान्न, नुन, तेल, चिनी, तरकारी, इधन जस्ता दैनिकी उपभोग्य वस्तुहरुको आपुर्ति तथा वितरणमा जोड दिने ।
ग्रीष्म ऋतुमा निम्तन सक्ने प्राकृतिक विपदाहरु, हैजा, झाडापखाला जस्ता सम्भाव महामारीको नियन्त्रणमा पूर्व सर्तकता सहित आवश्यक व्यवस्थापकिय पक्षलाई मजबुत पार्ने ।
खेतीपातीको वेला भएकोले आम मानिसहरुलाई शारीरिकदूरी कायम गरेर काम गर्न मोबाईल म्यासेज, रिङ्गटूयन, रेडियो सन्देश मार्फत आवश्यक सूचना सम्प्रेषण गरी सजग बनाउने ।
बजारक्षेत्र मात्र नभई ग्रामीणक्षेत्रमा रहेका पसलहरुमा पनि भिडभाड हुन नदिन आवश्यक अनुगमन, सुपरिवेक्षण र नियमन लाई जोड दिने ।
धार्मिक तथा साँस्कृतिक गतिविधीलाई अनुकुल परिस्थिति सम्म पूर्णरुपमा प्रतिबन्ध गर्ने ।
धन्यवाद !
प्रतिक्रिया