मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा कोरोनाबाट एकै दिनमा १ सयको मृत्यु, करिब ४० हजार संक्रमित

भारतमा कोरोनाबाट एकै दिनमा १ सयको मृत्यु, करिब ४० हजार संक्रमित


काठमाडौं- तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा एकै दिनमा शनिबार एक सय जनाको मृत्यु भएको छ । भारतमा एकै दिनमा यति धेरै ब्यक्तिको मृत्यु भएको यो पहिलो पटक हो ।

यसअघि बिहीबार ७५ जनाको मृत्यु भएको थियो । शुक्रबार ६९, बुधबार ७१, मंगलबार ६९, सोमबार ५८, आइतबार ५६, शनिबार ४५ र शुक्रबार ५९ जनाको कोरोनाबाट मृत्यु भएको थियो ।

भारतमा अहिलेसम्म कोरोनाबाट १ हजार ३ सय २३ जनाको मृत्यु भएको छ । मृतकको संख्या सबैभन्दा धेरै महाराष्ट्रमा रहेको छ । जहाँ अलिहेसम्म ५ सय २१ जनाको मृत्यु भएको छ ।

यस्तै गुजरातमा २ सय ६२, मध्य प्रदेशमा १ सय ५१, राजस्थानमा ६८, दिल्लीमा ६४, पश्चिम बंगालमा ४८, उत्तर प्रदेशमा ४३ जनाको ज्यान गएको छ ।

भारतको २६ राज्य र ६ केन्द्र प्रशाशित राज्यमा फैलिएको कोरोनाबाट ३९ हजार ६ सय ९९ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा अर्थात शनिबार मात्रै २ हजार ४ सय ४२ जना संक्रमित भएका छन् ।

शुक्रबार २ हजार ३ सय ९४, बिहीबार १ हजार ८ सय १, बुधबार १ हजार ७ सय ३८, मंगलबार १ हजार ८ सय ७३, सोमबार १ हजार ५ सय ६१, आइतबार १ हजार ६ सय ७, शनिबार १ हजार ८ सय ३६ र शुक्रबार १ हजार ४ सय ८ जना नयाँ संक्रमित थपिएका थिए ।

संक्रमितमध्ये महाराष्ट्रमा मात्रै १२ हजार २ सय ९६ छन् । यस्तै गुजरातमा ५ हजार ५४, दिल्लीमा ४ हजार १ सय १२, मध्यप्रदेशमा २ हजार ७ सय ८८, राजस्थानमा २ हजार ७ सय ७२, तमिलनाडुमा २ हजार ७ सय ५७, उत्तर प्रदेशमा २ हजार ४ सय ८७ जना संक्रमित भएका छन् । – nepalsamaya