मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाबाट २ लाख ४३ हजारको मृत्यु

कोरोनाबाट २ लाख ४३ हजारको मृत्यु


काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट २ लाख ४३ हजार ६ सय ७४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ५ हजार १ सय ६१ जनाको ज्यान गएको छ ।

जोन हपकिन्स विश्वविद्यालयका अनुसार २ सय १२ देशमा फैलिएको कोरोनाबाट अहिलेसम्म ३४ लाख २४ हजार २ सय ५४ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टा अर्थात शनिबार मात्रै ८२ हजार २ सय ५८ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोनाबाट सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा पछिल्लो २४ घण्टामा २९ हजार १ सय ११ जना संक्रमित थपिएका छन् भने १ हजार ६ सय ५६ जनाको मृत्यु भएको छ ।

अमेरिकामा कोरोना संक्रमितको संख्या ११ लाख ३२ हजार ३ सय १५ पुगेको छ भने मृतकको संख्या ६६ हजार ३ सय ६४ पुगेको छ ।

यस्तै स्पेनमा शनिबार मात्रै २ हजार ५ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ भने २ सय ७६ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ४५ हजार ५ सय ६७ पुगेको छ भने २५ हजार १ सय जनाको मृत्यु भएको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा १ हजार ९ सय संक्रमित थपिएका छन् भने ४ सय ७४ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ९ हजार ३ सय २८ पुगेको छ भने मृतकको संख्या २८ हजार ७ सय १० पुगेको छ ।

यस्तै बेलायतमा शनिबार मात्रै ४ हजार ८ सय ६ जना नयाँ संक्रमित थपिदा ६ सय २१ जनाको मृत्यु भएको छ । बेलायतमा अहिलेसम्म १ लाख ८३ हजार ५ सय संक्रमित हुँदा २८ हजार २ सय ५ जनाको मृत्यु भएको छ ।

फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ५० जना नयाँ संक्रमित थपिदा १ सय ६६ जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख ६८ हजार ५ सय १८ जना संक्रमित भएका छन् भने २४ हजार ७ सय ६३ जनाको मृत्यु भएको छ ।

जर्मनमीमा बुधबार ८ सय ९० मा कोरोना पुष्टि भएको छ भने ७६ जनाको मृत्यु भएको छ । यहाँ संक्रमितको संख्या १ लाख ६४ हजार ९ सय ६७ पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ८ सय १२ रहेको छ ।

रुसमा संक्रमितको संख्या १ लाख २४ हजार ५४ पुगेको छ भने १ हजार २ सय २२ जनाको मृत्यु भएको छ । यहाँ पछिल्लो २४ घण्टामा ९ हजार ६ सय २३ जना संक्रमित थपिदा ५३ जनाको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ३९ हजार ६ सय ९९ पुगेको छ भने मृतकको संख्या १ हजार ३ सय २३ पुगेको छ । शनिबार मात्रै भारतमा २ हजार ४ सय ४२ जना संक्रमित हुँदा १ सय जनाको मृत्यु भएको छ ।

नेपालमा भने पछिल्लो २४ घण्टामा नयाँ संक्रमित फेला परेको छैन् । नेपालमा अहिलेसम्म कोरोनाबाट ५९ जना संक्रमित भएका छन् । – nepalsamaya