मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोज्यो : कांग्रेस

सरकारले प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोज्यो : कांग्रेस


काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले सरकारले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रयास गरेको बताएको छ । कोरोना भाइरसको महामारीको मौको छापेर सरकारले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रयास गरेको कांग्रेसको ठहर छ । 

“लकडाउनको बेला मिडियामा हस्तक्षेप, दबाब र स्पष्टिकरणको सत्ता संक्रमण बढेको छ,” कांग्रेस सभापति शेरवहादुर देउवाले ट्विट गर्दै भनेका छन्, “लोकतन्त्रको पहरेदारको नियन्त्रण गर्न खोज्ने हर्कत अस्विकार गर्दै कांग्रेस सदैव त्यसबिरुद्ध उभिने छ ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले मे १ मा मजदूर दिवसको सुभकामना दिँदै मिडियाले अस्थिरता निम्त्याएको आरोप लगाएका थिए । मिडियाले सरकारले गरेका राम्रा काम नदेखेको तर एकपक्षिय रुपमा आरोप मात्र लगाउने गरेको प्रधानमन्त्रीले बताउँदै आएका छन् । 

यसैबीच, विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज एक विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेसले प्रश्न र आलोचनाको संवैधानिक हक बोकेको मिडियालाई त्यही दायित्व निर्वाह गर्दा कसैले पनि कूदृष्टि राख्न नहुने बताएको छ । 

कांग्रेसले कोरोनाको महामारीबाट गुज्रिरहेको नेपाली प्रेसमाथिको चुनौती कम गर्न विशेष राहत प्याकेज ल्याउन सरकारसँग माग गरेको छ । – baarahkhari