काठमाण्डौ – देशका धेरै ठाउँमा आज पनि मेघगर्जन, चट्याङ, हुरीबताससहित पानीपर्ने मौसमविद्ले बताएका छन् ।
मेघगर्जन, चट्याङ, हुरीबताससहित पानी पर्ने विभिन्न प्रणाली सक्रिय भएकाले मंगलबारसम्म नै देशभरकै मौसम पूर्णरुपमा खुल्ने सम्भावना निकै कम मात्र भएको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार यसकै प्रभावले आज काठमाण्डौ सहित देशका विभिन्न ठाउँमा पानी पर्नेछ । पूर्व र पश्चिम तराईमा हुरीबतास पनि चल्ने सम्भावना छ । यसैगरी राति पनि केही ठाउँमा पानी पर्ने अनुमान गरिएको छ ।
आजको भन्दा सोमबार र मंगलबार देशभरकै मौसम अझ धेरै बदली हुने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । – unn
प्रतिक्रिया