मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीमा काँग्रेसबाट नेकपामा प्रवेश गरेका वडाध्यक्षको पद गुम्यो

बैतडीमा काँग्रेसबाट नेकपामा प्रवेश गरेका वडाध्यक्षको पद गुम्यो


बैतडी : बैतडीमा नेपाली काँग्रेसबाट नेकपामा प्रवेश गरेका वडाध्यक्षको पद स्वतः रिक्त भएको छ। जिल्लाकोे डिलाशैनी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रेमसिंह धामीको पद निर्वाचन आयोगले खारेज गरिदिएपछि रिक्त भएको हो। आयोगले निर्वाचन हुँदाका बखतको पार्टी परित्या गरेका धामीलाई पदमुक्त भएको सूचना जारी गरेपनि उनी अध्यक्षकै रुपमा काम गरिरहेका छन्।

निर्वाचन आयोगले गत चैत ६ गतेको निर्णय गर्दै धामीले दल त्याग गरेकाले स्वतःपद रिक्त भएको उल्लेख गरेको छ। स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका धामी नेकपामा प्रवेश गरेपछि कांग्रेस केन्द्रिय कार्य समितिले धामीले दल त्याग गरेको बारेमा निर्वाचन आयोगलाई लिखित जानकारी दिएको थियो।

यस्तै डडेल्धुराको परशुराम नगरपालिका १० की महिला वडा सदस्य जानकीदेवी महराले समेत दल त्याग गरेपछि स्वतः पदमुक्त भएको निर्वाचन आयोगद्धारा जारी सूचनामा उल्लेख गरिएको छ। – dineshkhabar