मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालगञ्जमा देखिएको संक्रमणले अछामलाई जोखिम हुनसक्ने, सबै सजग बनौँ : नगर उपप्रमुख चलाउने

नेपालगञ्जमा देखिएको संक्रमणले अछामलाई जोखिम हुनसक्ने, सबै सजग बनौँ : नगर उपप्रमुख चलाउने


अछाम

पञ्चदेवल बिनायक नगरपालिकाका उपप्रमुख अम्बिका चलाउनेले नेपालगन्जमा देखिएको कोरोनाको संक्रमणले अछाम लगायत कर्णाली प्रदेशलाई त्रसित बनाएको उल्लेख गर्नु भएको छ ।

सामाजिक सञ्जालमा प्रतिक्रिया दिदैँ नगर उपप्रमुख चलाउनेले एकैदिन ठुलो मात्रामा कोरोनाको संक्रमण देखिनुले अछाम र कर्णाली प्रदेशलाई समेत ससंकित बनाएको बताउनु भयो ।

अछाम र कर्णाली प्रदेशका लागि खाध्यान्न तथा औषधी उपचार गर्ने केन्द्रका रुपमा रहेको नेपालगञ्जमा कोरोनाको संक्रमण बढ्नुले यस क्षेत्रमा समेत जोखिम बढ्ने उहाँको भनाई छ ।

अछामको पूर्वी प्रबेशद्वार बेलखेत बाट जिल्लाका लागि बढी जोखि हुने भएकाले उक्त क्षेत्रमा कडाई गरिने भन्दै चलाउनेले यसमा सबै सजग रहन आग्रह गर्नुभयो ।

नेपालगञ्जमा एकैदिन १५ जनामा कोरोनाको संक्रमण देखिएको छ ।