मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ट्रेड यूनियन कांग्रेस अछामका अध्यक्ष बजगाईले गरे जन्मदिनमा कमलबजार नगरपालिकालाई २५ हजार सहयोग

ट्रेड यूनियन कांग्रेस अछामका अध्यक्ष बजगाईले गरे जन्मदिनमा कमलबजार नगरपालिकालाई २५ हजार सहयोग


पूर्ण बहादुर खड्का, अछाम ।

समाजसेवी चित्रराज बजगाईले कमलबजार नगरपालिकालाई २५ हजार नगद सहयोग गर्नुभएको छ ।

आफ्नो जन्मदिनको अवसरमा बजगाईले नगरपालिकाको कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पुगोस भनेर आर्थिक सहयोग गरेका हुन् ।

३७ औँ बसन्तमा प्रबेश गरेका बजगाँईले जन्मदिनमा फजुल खर्च गरेर जन्मदिन मनाउन भन्दा समासजेवा गर्नु उत्तम भएको भन्दै आफुले आर्थिक सहयोग कमलबजार नगरपलिकालाई गरेको बताए ।

नेपाल टेड यूनियन कांग्रेस अछामका अध्यक्ष समेत रहेका बजगाईले अहिले बिश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रण गर्न केही राहत होस भनेर आर्थिक सहयोग गरेका बताएका छन् ।

बिगत देखि नै समाजसेवामा क्रियाशिल नेपाल बिद्युत प्राधिकरण साँफेबगरमा कार्यरत बजगाँईले यसअघि समेत बयालपाटा अस्पताललाई २० हजार १ सय नगद आर्थिक सहयोग गर्नुभएको थियो ।

यस्तै बजगाईले जिल्लामा अप्ठेरो परेका मजदुरी गनि खाने बर्गका लागि तथा जिल्ला बाहिर उपचारको लागि जानुपर्ने अवस्था आएमा गाडीको खर्च व्यहोर्ने लगायतका सहयोग समेत गर्नुभएको थियो ।