मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतबाट सुदूरपश्चिम भित्रिएका २५ सयको नमूना परीक्षण गर्न पहल भएन

भारतबाट सुदूरपश्चिम भित्रिएका २५ सयको नमूना परीक्षण गर्न पहल भएन


धनगढी : झण्डै ३५ दिन महाकालीपारी भारतमा क्वारेन्टाईन बसेर फर्काईएका २५ जनाको नमूना परीक्षणका लागि पहल हुन सकेको छैन्।

चैत १३ गतेदेखि भारतको पिथौरागढस्थित धार्चुला र झुलाघाटका क्वारेन्टाइनमा रहेका दुई हजार पाँच सय ९५ जना नेपाली मजदुरको उद्धार गरेर फेरी थप १४ दिन अनिवार्य क्वारेन्टाईनमा राखिएको छ। तर उनीहरुको समान्य स्वास्थ्य परीक्षण बाहेक नमूना परीक्षणका लागि कुनै पहल नभएको हो।

बैतडीमा ३५ दिने क्वारेन्टाईनमा बसिसकेका एक हजार दुई सय बढिलाई स्थानीय तहले स्थापना गरेका क्वारेन्टाईनमा राखिएपनि समान्य स्वास्थ्य परीक्षण बाहेकका काम नभएको पाईएको छ। स्वास्थ्य कार्यालय बैतडीका सिअहेव समेत रहेका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले समान्य स्वास्थ्य चेकजाँच बाहेक कोरोना भाईरसको नमूना परीक्षणका लागि कुनै काम अगाडी नबढेको बताए।

उनले भारतबाट फर्किएकाहरुको र्‍यापिड टेस्ट वा थ्रोट स्वाब संकलन गरी पीसीआर प्रविधिबाट परीक्षण गर्ने भन्ने विषय टुङ्गोमा पुग्न नसकेको जनाए। र्‍यापिड टेस्ट गर्न समेत किट पर्याप्त नभएको स्वास्थ्य कार्यालयले जनाएको छ। स्वास्थ्य कार्यालय दार्चुलाका कोभिड सम्पर्क व्यक्ति बिरेन्द्रप्रसाद भट्टले पनि नमूना परीक्षणको काम हुन नसकेको बताए।

उनले अनिवार्य क्वारेन्टाईनमा राखिएकाहरुको थ्रोट स्वाब संकलनका लागि पहल भईरहेको जानकारी दिए।   यसअघि झण्डै ३५ दिनदेखि भारतमा क्वारेन्टाईनमा राखिएका २५ सय बढिलाई बैशाख १८ गते दार्चुलाका दुई वटा नाका र बैतडीका एक नाकाबाट प्रवेश गर्न दिईएको थियो।

त्यसरी भित्रिएका उनीहरुलाई स्थानीय तहको क्वारेन्टाईनमा राखिएको भएपनि समान्य स्वास्थ्य परीक्षण बाहेक नमूना परीक्षण हुन नसकेको हो। उनीहरुबाट कोरोनाको जोखिम छ छैन् भन्ने विषयमा जान्न अनिवार्य नमूना परीक्षण गर्नुपर्ने सुझाव चिकित्सकहरुले दिएका छन्। – dineshkhabar