मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लकडाउनमा कालोबजारी गर्नेलाई कारबाही गर्छु : नगरप्रमुख बोहरा

लकडाउनमा कालोबजारी गर्नेलाई कारबाही गर्छु : नगरप्रमुख बोहरा

सुदूर आज

कमल रावल, बैशाख २२ अछाम

मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले समस्या परेको बेला कालोबजारी गर्नेलाई कारबाही गरेर छाड्ने बताउनु भएको छ ।

लकडाउत अर्थात बन्दाबन्दीका समयमा कुनै पनि ब्यापारिले मुख्य बजार तथा स्थानिय बजारमा मुल्य बृद्धि गरेर कालोबजारी गरेको खण्डमा आफुलाई जानकारी गराउन आग्रह गर्दै त्यस्ता ब्यक्तिलाई कारबाही गर्ने बताउनु भएको छ ।

गाउघरका चिया पसलमा अनियमितता, कालोबजारी भयो भन्नु भन्दा पनि आफु दैनिक जसो बिहान १० बजेदेखि ५ बजेसम्म नगरमा कुरिरहेकाले भेटेर तथा फोन गरेर भएपनि जानकारी गराउन सबै नागरिकलाई आग्रह गर्नु भयो ।

बन्दाबन्दी चलिरहेका बेला गरिब, विपन्न, असाहय बर्गलाई दिईने राहतमा समेत कुनै अनियमितता नभएको दाबि गर्नु भयो ।

हरेक क्षेत्रबाट एकरुपता सहित कालोबजारी पुर्ण रुपमा रोक्नका लागि खाद्य संस्थान अछामबाट चामल खरिदगरि १४ वटै वडामा राहत वितरण गरिएको जानकारी दिनु भयो । कोरोनाभाईरसको संक्रमण नियन्त्रण हुदै दैनिक जिवन पहीलेको जस्तै अबस्थामा पुगेपछि नगरले कृषि क्षेत्रलाई बढि प्रोत्साहन दिईने बताउनु भएको छ ।

नगरप्रमुख बोहराले यतिबेला भारत तथा तेस्रो मुलुकबाट नगरमा आएका युवालाई स्वरोजगार बनाई गाउघरमै गरिखाने बनाउनका लागि रकमको अभाब नहुने बताउनु भयो । सडक, भौतिक संरचनाको कार्य रोकेर भएपनि खेती किसानी गर्नेका लागि विउविजन, आवश्यक औजार उपलब्ध गराएर उत्पादन मुखि तिर उन्मुुख गराउने प्रतिबद्धता जनाउनु भएको थियो ।

नगरपालिकाको राहत कोषमा झण्डै ६५ लाख बजेट रहेकाले आगामि दिनमा यसलाई सही सदुपयोगका लागि बास्तविक वर्ग तिर खर्च गरिने बताउनु भयो । कैलाश खोला, तापिरवा वरपरका खेत लेकाली भेगका उब्जाउ जमिन अहीले बाझै रहेकाले अबको ध्यान हरेक युवाको तेता उब्जाउ तिर जानुपर्नेमा जोड दिनु भएको छ ।