मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना नियन्त्रणमा सरकारले नैतिक्ता गुमायो : कांग्रेस नेता गुरुङ

कोरोना नियन्त्रणमा सरकारले नैतिक्ता गुमायो : कांग्रेस नेता गुरुङ


नेपाली कांग्रेसका नेता धनराज गुरुङले बाटोमा अलपत्र परेका नागरिकलाई पार्टीले उद्दार गर्ने काम गरिरहेको बताए । 

कांग्रेस नेता गुरुङले कोरोना नियन्त्रणका लागी लकडाउन मात्र विकल्प नभएको बताए । 

कांग्रेस केन्द्रिय सदस्य गुरुङले लकडाउन गर्ने र बाँसुरी बजाएर बस्ने नभई परिक्षणमा बढी ध्यान दिन जरुरी रहेको बताए ।

नेपाली जनताको सुरक्षा र कोरोनाको नियन्त्रणको पक्षमा कांग्रेस जहिलै अडिग रहेको उनले बताए । 
उपकरण खरीदमा भएको अनीयमिततालाई सरकारले ध्यान दिन जरुरी रहेको भन्दै नेता गरुगंले अझैपनि बाँकी रहेका सामाग्री तत्काल खरिद गर्नुपर्ने उल्लेख गरे । 

देश कारोना संग लडिरहेका बेला नेकपा भित्र आएको बिवाद सकारात्मक नरहेको र यसले देसलाई नै नकारात्मक दिशातिर धकेल्ने उनको भनाई छ । 

देश कोरोनाको संकटमा रहेका बेला छिमेकीको घरमा झगडा हुनु दुरभाग्य भएको तितो सत्य मिलाउदै सरकारले आफ्नो नैतिकता गुमाएको उनको भनाई छ । 

बिदेशमा रहेका नेपालीहरुलाई सरकारले कुनै उपाय लगाएर भएपनि आफ्नो देश फर्काउन पहल गर्नुपर्ने बताए ।