मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ घण्टामा सुदूरपश्चिमका १३ जनाको मात्रै पीसीआरबाट कोरोना परीक्षण

२४ घण्टामा सुदूरपश्चिमका १३ जनाको मात्रै पीसीआरबाट कोरोना परीक्षण

सुदूर आज

धनगढी : पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका १३ जनाको मात्रै पीसीआर विधीबाट कोरोना परीक्षण भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १३ जनाको मात्रै पीसीआर बिधीबाट कोरोना परीक्षण भएको हो।

पीसीआर परीक्षण गरिएका १३ जनाको नै रिपोर्ट नेगेटिभ आएको निर्देशनालयले जनाएको छ। यस्तै सोमबार नै एक सय ८ जनाको ¥यापिड टेस्ट गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। ¥यापिड टेस्टमा पनि कसैमा एन्टिबडी देखाएको छैन्। 

सोमबार पीसीआरबाटै कोरोना परीक्षणका लागि ६० जनाको थ्रोट स्वाब संकलन गरिएको जानकारी दिदै स्वास्थ्य निर्देशनालयले सोमबार संकलन गरिएका ६० जनाकै नमूना परीक्षण रिपोर्ट आउन बाँकी रहेको जनाएको छ। 
सुुदूरपश्चिम प्रदेशमा अहिलेसम्म दुवै विधीबाट १७ हजार एक सय ३९ जनाको कोरोना र एन्टीबडी परीक्षण भएको छ। पीसीआर विधीबाट दुई हजार ८ सय ९५ जनाको परीक्षण र १४ हजार दुई सय ४४ जनाको ¥यापिड टेस्ट गरिएको निर्देशनालयको दावी छ। 

यस्तै सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म चार जना संक्रमित सहित कोरोना भाइरस संक्रमणको आंशकामा आइसोलेशनमा राखिएका एक सय १९ जनालाई डिस्चार्ज गरिएको छ। नौ जिल्ला रहेको प्रदेशका विभिन्न स्वास्थ्य संस्थामा स्थापना गरिएका आइसोलेसनबाट अहिलेसम्म एक सय १८ जनालाई डिस्चार्ज गरिएको हो। शंकास्पदलाई कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो भने संक्रमितलाई दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो।

 यस्तै सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीले दिएको जानकारी अनुसार अहिले प्रदेशभरीका क्वारेन्टाईनमा तीन हजार पाँच सय ७३ जनालाई राखिएको छ। प्रदेश भरी नौँ हजार ५६ जना अटाउने तीन सय ९२ वटा क्वारेन्टाइन स्थापना गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। प्रदेशभरी विभिन्न ठाउँमा एक सय ५४ जना अटाउने आइसोलेसन कक्षहरु पनि निर्माण गरिएको निर्देशनालयले जनाएको छ।