मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

औषधि व्यवसायीलाई कारबाही

औषधि व्यवसायीलाई कारबाही

सुदूर आज

धनगढी– मास्कको कालोबजारी गर्ने कैलालीको अत्तरियामा रहेको हिमाल फार्मेसीलाई दुई लाख जरिवाना गरिएको छ।

संयुक्त बजार अनुगमनका क्रममा फार्मेसीले मास्कमा तोकिएको भन्दा बढी मूल्य असुलेर बिक्री वितरण गरेको पाइएकाले दुई लाख जरिवाना गरिएको आपूर्ति वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय, धनगढीका प्रमुख कमलबहादुर पुनमगरले बताए।

उनले फार्मेसीले मास्कमा तोकिएभन्दा ४७ प्रतिशत बढी मूल्य असुलेको पाइएपछि जरिवाना गरिएको बताए।

त्यस्तै, अनुगमनका क्रममा म्याद सकिएका विभिन्न औषधीजन्य वस्तु बिक्री गर्ने धनगढीमा रहेको सरोज मेडिकललाई पनि कारवाही गरिएको छ।

धनगढी–३, चौराहामा रहेको सरोज मेडिकल हलबाट म्याद सकिएका विभिन्न औषधीजन्य वस्तु जफत गर्दै २० हजार रूपैयाँ जरिवाना तोकिएको छ।
उपभोक्ता संरक्षण ऐन २०७५ दफा ३८ क बमोजिम जरिवाना तोकिएको पुनमगरले जानकारी दिए। – रासस