मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लकडाउन १० दिन थपियो

लकडाउन १० दिन थपियो

सुदूर आज

काठमाडौं – सरकारले कोरोना भाइरस जोखिम कम गर्न जारी राखेको लकडाउन आगामी जेठ ५ गतेसम्म थप्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अवधि १० दिन थप्ने निर्णय गरेको हो।  

कोरोना रोकथाम र नियन्त्रण गर्न गठित गठित उच्चस्तरीय समितिले मंगलबार कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न लकडाउन प्रभावकारी बनिरहेको निष्कर्ष निकाल्दै अवधि थप गर्न सरकारलाई सिफारिस गरेको थियो।

सरकारले कोरोना नफैलियोस् भनेर सुरुमा ११ चैतमा एक साताका लागि लकडाउन घोषणा गरेको थियो। त्यसपछि पटकपटक थप गर्दै लकडाउन अवधि २५ वैशाखसम्म पुर्‍याएको थियो।