मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगर २ निवासी स्वारद्धारा १० हजार बराबरको राहत वितरण

साँफेबगर २ निवासी स्वारद्धारा १० हजार बराबरको राहत वितरण

सुदूर आज

अछाम

साँफेबगर नगरपालिका वडा नं. २ निवासी दिनेश कुमार स्वारले वडामा राहत वितरण गर्नुभएको छ । देश नै लकडाउन भएको अवस्थामा ज्याला मजदुरी गरी खाने वडाका बिपन्न, गरिब, आर्थिक अवस्था कम्जोर भएका नागरिकलाई राहत वितरण गर्नुभएको हो ।

कोरोना भाईरसका कारण दैनिक गुजारा चलाउन मुस्किल परेका नागरिकलाई केही हद् सम्म भएपनि राहत पुगोस भनेर सहयोग गरेको स्वारको भनाई छ ।

आफुले परोपकारी समाजसेवाको भावनाले सहयोग गरेको भन्दै स्वाँरले यस्तो बिपद्को बेला अरुलाई पनि सहयोग गर्न प्रोत्साहन होस भन्ने अपेक्षा स्वारले गरेका छन् ।

राहत वितरण गरिदैँ

वडाध्यक्ष कालुसिंह कुवँरको रोहबरमा स्वारले यस अघि खाध्यान्न सहयोग गर्ने घोषण अनुरुप १० हजार बराबरको खाध्यान्न सहयोग गर्नुभएको हो । वडा तथा नगरले आवश्यक्ता पर्ने छुट्याईका नागरिक भन्दा अन्य अभाव भोगिरहेका नागरिक पनि भएका कारण राहत वितरण गरेको उनको भनाई छ ।

आउने दिनमा पनि कोही अप्ठेरो परेका नागरिक भएमा सहयोग गर्न सकिने समेत उनको भनाई छ । हाल कञ्चनपुर बस्दै आएका स्वार न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालमामा समेत आबद्ध छन् ।