नेपालमा बुधबार १७ जना नयाँ संक्रमित थपिएका छन्। १७ जना नै पर्साका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज थपिएका संक्रमित मध्ये ७ जना महिला र १० जना पुरुष भएको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।
उनीहरु २ महिनाको बच्चादेखि ६६ वर्ष उमेरका रहेको बताइएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको छ ।
प्रतिक्रिया