मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो


भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५० हजार नाघेको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार त्यहाँ कोरोनाबाट मर्नेको संख्या १७ सय नाघेको छ।

त्यसैगरी १४ हजारभन्दा बढी संक्रमित निको भएका छन्।

भारतले हालैमात्र सीमित रुपमा आवश्यक व्यवसाय पुनः खोल्ने निर्णय गरेको छ। यो निर्णयले संक्रमणको अर्को लहर निम्त्याउने चिन्ता बढाएको छ।

बुधबारमात्र भारतमा ३ हजार ४ सय ९० नयाँ संक्रमित फेला परेका छन् भने ९८ जनाको मृत्यु भएको छ।

भारतमा पहिलोपटक जनवरी महिनामा ३ जनामा कोरोना पुष्टि भएको थियो। पछिल्लो पाँच दिनमा त्यहाँ औसतमा २ हजार ९ सय जनाको दरले नयाँ संक्रमित थपिँदै गएका छन्।
महाराष्ट्र, गुजरात र दिल्ली कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्।

महाराष्ट्रमा बुधबार १ हजार २ सय ३३ नयाँ केस पुष्टि भएसँगै त्यहाँ संक्रमित संख्या १६ हजार ७ सय ५८ पुगेको छ। त्यसैगरी गुजरातमा संक्रमित संख्या ६ हजार ६ सय २५ पुगेको छ।

बुधवार दिल्लीमा ४ सय २८ नयाँ संक्रमित भेटिएका छन् र त्यहाँ कुल संक्रमित संख्या ५ हजार ५ सय ३२ पुगेको छ।

भारतमा अहिलेसम्म १० लाखभन्दा बढीको कोरोना परीक्षण गरिएको छ। भारतीय स्वास्थ्य मन्त्रालयले चाँडै नै परीक्षण दर दैनिक १ लाख बनाउने जनाएको छ।

उता, मध्य प्रदेशमा क्यान्सरसँग जुधिरहेका ८५ वर्षीय एक डाक्टरले कोरोनालाई जितेका छन् नेपाल समयमा खबर छ।