मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सांसदको कोरोना रिपोर्ट आजै आउने

सांसदको कोरोना रिपोर्ट आजै आउने


संघीय संसदका सांसदको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

शुक्रबारबाट सुरु हुने बजेट अधिवेशनमा सहभागी हुने सांसदहरुको आज बिहान १० बजेबाट पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्न स्वाब लिइएको हो।

शुरूमा राष्ट्रियसभाका सदस्यहरूको र त्यसपछि प्रतिनिधिसभाका सांसदहरूको स्वाब लिइएको हो।

सबै सांसदहरूको रिपोर्ट आजै आइसक्ने जनाइएको छ ।

संसद सचिवालयले शुक्रबारबाट सुरु हुने बैठकका लागि पीसीआर टेष्ट गर्ने, सामाजिक दूरी कायम गर्न दुई सिट छाडेर बस्ने व्यवस्था मिलाउनेलगायतका सतर्कता अपनाउन लागेको छ ।