मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्वारेण्टाईनमा रहेका एकजनालाई घर पठाईयो

क्वारेण्टाईनमा रहेका एकजनालाई घर पठाईयो

सुदूर आज

दिनेश केसी बिनायक – पञ्चदेवल विनायक नगरपालिकाको क्वारेण्टाईनमा रहेका एक जनालाई घर पठाईएको छ ।

कोरोना संक्रमण रोकथाम तथा न्युनिकरणका लागी नगरपालिकाले स्थापना गरेको क्वारेण्टिनमा १४ दिन पुरा गरेका प्रकास बिकलार्य घर पठाईएको हो ।

वडा नम्वर ४ कालिकास्थानका प्रकास बिक लकडाउनको अवधीमा नेपाल सरकारले जारी गरेको निर्देशन कार्यान्वयन गर्नु पर्छ भनि स्वस्फुर्त ढंगबाट बैशाख १२ गते क्वारेण्टाईनमा बसेका थिए ।

१४ दिनको अवधी निकै अविस्मरणिय क्षणमा भएको भन्दै बिकले पञ्चदेवलको क्वारेण्टाईनमा स्वास्थ्य सेवा, खाद्यान्न आपुर्ती लगायतको उचित ब्यावस्थापन गरिएको थियो ।

आफ्नो र समुदायको स्वास्थ्यका लागी कसैको करकाब र दबाबमा नभइ आफै आएर बसेको उनले बताए । साथै बिहिबार घर जाँदाजादै कोहि व्यक्ती लकडाउनको अवधीमा जिल्ला तथा नगर भित्र प्रवेश गरेको भए सबैले आफ्नो र परिवारको सुरक्षाका लागी बसिदिन अनुरोध समेत गरेका छन ।

बैशाख १२ गते देखी आज सम्म आफ्नो स्वइच्छाले क्वारेण्टाईनमा बसेका प्रकासलाई नगर प्रखुख देवराज देवकोटाले प्रमाण पत्र र बधाइका साथ विदाई गर्नु भएको हो ।

यस्तै नगर प्रमुख देबकोटाले कर्णालीका छेउ किनारामा डुंगा नियन्त्रण तथा माछा मार्ने काम भए तुरुन्त नगरपालिका वा प्रहरीलाई खबर गर्नु भनेर थप जिम्मेवारी पनि दिनु भएको छ ।

नगरपालिकाले स्थापना गरेको क्वारेण्टाईनमा बसेका सबैको आरडिटी रिपोर्ट नेगेटिभ देखिएको थियो । साथै बाहिर जिल्लाबाट प्रवेश गरेका दुइ जना उक्त क्वारेण्टाईमा थपिएका छन ।