मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस युनियन चितवनलाई स्वास्थ्य सामग्री

प्रेस युनियन चितवनलाई स्वास्थ्य सामग्री


चितवन । प्रेस युनियन चितवनलाई मास्क, सेनिटाइजर, ज्याकेट प्रदान गरिएको छ । युनियनका सल्लाहाकार शिव लम्सालको समन्वय र पत्रकार महासंघका, पूर्वकेन्द्रीय अध्यक्ष धर्मेन्द्र झाको अगुवाइमा युनियन चितवनका अनिल ढकाललाई उक्त सामग्री प्रदान गरिएको हो । 

सामग्री हस्तान्तरण गर्दै पूर्वअध्यक्ष झाले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताका लागि जस्तोसुकै परिस्थितिमा पत्रकार अघि बढ्नुपर्ने भएकाले स्वास्थ्य सामग्रीको अभावमा जनतालाई सुसूचित हुनुपर्ने अधिकारलाई वञ्चित गर्न नहुने बताए ।

स्वास्थ्य सामग्री बुझ्दै युनियन अध्यक्ष ढकालले यो स्वास्थ्य सामग्री अहिलेको परिस्थितिमा अत्यावश्यक रहेकाले केन्द्रबाट आएको यो सहयोगप्रति आभार व्यक्त गरे । हस्तान्तरण कार्यक्रममा प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, सचिव खिला कार्की, केन्द्रीय सदस्य सिर्जना अर्याल लगायतको उपस्थिति थियो । – Nepal Samaya