मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसदमा ४४१ जनाको स्वाब संकलन

संसदमा ४४१ जनाको स्वाब संकलन


काठमाडौं ।

संघीय संसदमा आज ४४१ जनाको स्वाब संकलन गरिएको छ । जसमा १७९ प्रतिनिधिसभाका सांसद, ३३ राष्ट्रियसभा सदस्य तथा कर्मचारी र मर्यादापालक २२९ गरी ४४१ जनाको स्वाब संकलन गरिएको संसद सचिवालयले जनाएको छ । 

संघीय संसद भवन नयाँ बानेश्वरमा रहेको ल्होत्से हलमा स्वाब संकलन गरिएको संसद सचिवालयका सह–प्रवक्ता दशरथ धमलाले बताए । उनका अनुसार संकलन गरिएका स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको छ । अहिले राष्ट्रियसभामा ५८ र प्रतिनिधिसभामा २ सय ७५ सांसद छन् । परीक्षण गर्न छुटेका सांसद तथा कर्मचारीहरूको स्वाब भोलि बिहान ८ देखि १० बजेसम्म संकलन गर्ने सचिवालयको तयारी छ । 

शुक्रबार ४ बजे संसदको बजेट अधिवेशन सुरु हुँदै छ । त्यसअघि सांसदहरूको रिपोर्ट आइसक्ने र पोजिटिभ आए बैठकमा सहभागी नगराउने र नेगेटिभ आएकालाई मात्र सहभागी गराइने धमलाले जनाए ।