मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालगन्ज, वीरगन्ज र उदयपुरमा स्वाब संकलन गर्न काठमाडौंबाट टोली आउने

नेपालगन्ज, वीरगन्ज र उदयपुरमा स्वाब संकलन गर्न काठमाडौंबाट टोली आउने


उदयपुर, नेपालगन्ज र वीरगन्जमा ठूलो संख्यामा कोरोना संक्रमण पुष्टि भएपछि त्यस क्षेत्रमा स्वाब संकलनका लागि सरकारको टोली त्यसतर्फ गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विराटनगरमा कम्तीमा ५ सय, नेपालगन्जमा १ हजार र वीरगन्जमा १ हजार जनाको स्वाब लिनको लागि टोली परिचालन गरिएको हो ।

मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा संक्रमितको आधारमा हटस्पट बनेका ती क्षेत्रमा परीक्षणको दायरा बढाउन टोली परिचालन गरिएको बताए ।

हाल नेपालमा ९९ जना संक्रमित छन्। जसमध्ये ७१ पुरुष र २८ जना महिला रहेका छन् । संक्रमितमध्ये १९ जना उपचारपश्चात् निको भएका छन् भने संक्रमण मुक्त भएका भनिएका ३ जनामा पुनः कोरोनो पोजेटिभ देखिएपछि विभिन्न अस्पतालमा उपचाररत छन् ।

त्यस्तै अन्य संक्रमितहरु रुपन्देहीमा १ जना, नेपालगन्जमा २३ जना, विराटनगरमा २३ जना, वीरगन्जमा २६ जना, धनगढीमा १ जना र भरतपुरमा १ जना उपचाररत छन् ।

हालसम्म नेपालमा १४ हाजार ५ सय ९ जनाको पिसिआर परीक्षण गरिएको छ भने ५४ हजार ९३ जनाको एण्टीबडी परीक्षण गरिएको छ । बिहिबार नेपालभर १७ हजार ३ सय भन्दा बढी क्वारेन्टिनमा छन् भने १ सय ३३ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । – नेपालसमय