मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोजगार गुमेपछि घरपरिवार पाल्ने चिन्ता

रोजगार गुमेपछि घरपरिवार पाल्ने चिन्ता

सुदूर आज

गीता कुँवर, अछाम

भारतमा रहेका अधिकाश अछामीहरुले कोरोना भाईरसका कारण रोजगार गुमाउन पुगेका छन् । जिल्लाका अधिकाश स्थानीयहरु भारतको कमाईमा निर्भर रहेका छन् ।

लकडाउ पछि अधिकाश रोजगार गुमाएर घर फर्किका छन् भने केहिको भारतको बिभिन्न शहरमा बिचल्लीमा परेका छन् । ढकारी गाउँपालिकाका ५ का नरेन्द्र साउद भारतको पिथौरागढबाट बैशाख २० गते गाउ फर्किएका छन् ।

उनी पिथौरागढमा सडक निमार्णका लागी काम गर्दे आएका थिए । अहिले रोजगार गुमेपछि घरपरिवार कसरी पाल्ने भन्ने चिन्ताले सताउन थालेको बताए ।

भारतको कमाईले घरको चुलो बल्ने गरेको र अहिले पिथौरागढबाट रित्तो हात फर्किनु परेको पिथौरागढबाट फर्किनु भएका अर्का खडग बहादुर साउदले दुखेसो पोखे ।

अछामका अधिकाश परिवार घरको चुलो भारतको कमाईबाट बल्ने गर्छ । भारतको रोजगारमा निर्भर रहेका स्थानीय बासिन्दाहरु अहिले चिन्तित छन् । अछामका स्थानीय तहहरुले स्थानीय स्तरमै रोजगारको व्यवस्था गर्ने भनेपनी यहाँका अधिकाश पुरुषहरुको अझै पनी कमाउन भारत जानुपर्ने बाध्यताको अन्त्य हुन सकेको छैन ।

स्थानीय तहहरुको तथाक अनुसार जिल्लामा चैत १ गते यता ३ हजार ३ सय २१ जना भारत तथा तेस्रो मुलुकबाट भित्रिएका छन् ।

मेल्लेख गाउँपालिकामा ५ सय ७४, रामारोशन गाउँपालिकामा २ सय ४७, पञ्चदेवल बिनायक नगरपालिकामा १ सय २० चौरपाटी गाउँपालिकामा ९०, ढकारी गाउँपालिकामा ६ सय १९ तुर्माखाँद गाउँपालिकामा ३ सय ९०, कमलबजार नगरपालिकामा २ सय १४, मंगलसेन नगरपालिकामा ६ सय २२, बान्नीगढी जयगढ गाउँपालिकामा २ सय ९९, साँफेबगर नगरपालिमा १ सय ४३ भारतबाट भित्रिएका छन् ।

पिथौरागढबाट आएका ढकारी गाउँपालिकाको क्वारेन्टाइनमा बसेकाहरु । तस्बिर : गीता कुँवर