मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संकटको घडिमा सहयोग गर्न प्रदेश कमिटी सदस्य जैशीको आग्रह

संकटको घडिमा सहयोग गर्न प्रदेश कमिटी सदस्य जैशीको आग्रह


अछाम ।

नेपाल कम्युष्टि पार्टी सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कृष्ण प्रसाद जैशीले संकटको घडीमा एक आपसमा सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।

नेकपा मेल्लेख संगठन कमिटीको बिहिबार भएको वैठकमा बोल्दै सदस्य जैशीले कोरोना भाईरस ९कोभिड–१९० का कारण विश्व नै प्रभावित भएको परिपेक्ष्यमा संकट समाधानको लागि सवैको सहयोग आवश्यक रहेको बताउनुुभयो ।

संगठन कमिटीका अध्यक्ष ज्वाला सिंह साउदको अध्यक्षतामा सम्पन्न भएको वैठकका विशिष्ठ अतिथि प्रदेश कमिटी सदस्य तथा मेल्लेख गाउँपालिका अध्यक्ष लोकबहादुर वोहरा रहनुभएको थियो ।

नेपाल कम्युष्टि पार्टी नेकपा मेल्लेख संगठन कमिटीले मेल्लेख गाउँपालिकाका कोरोना भाईर न्यूनिकरण तथा राहत कोषमा १५ हजार ५ सय सहयोग गरेको छ ।