मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डडेल्धुराबाट खल्ती रित्याएर बझाङ लागे डा. केसी

डडेल्धुराबाट खल्ती रित्याएर बझाङ लागे डा. केसी


डडेल्धुरा अस्पतालमा दुई महिना निशुल्क सेवा गरेर प्राध्यापक डाक्टर गाविन्द केसी बझाङ तर्फ जानु भएको छ । गत फागुन २० गते गते निशुल्क रुपमा सेवा गर्न उनी डडेल्धुरा पुग्नु भएको थियो ।

उहा डडेल्धुरा रहदा हाडजोर्नीसम्बन्धी समस्या भएका धेरै सुदूर पहाडवासीले विशेषज्ञ चिकित्सक सेवा पाएका थिए। केसीबाट सेवा लिन डडेल्धुरा लगायत, बैतडी, बझाङ, दार्चुला र डोटीका बिरामी आउने गरेको डडेल्धुरा अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले बताउनु भयो ।

अस्पताल प्रशासनका अनुसार डा केसीले डडेल्धुरा अस्पतालमा हुँदा २ हजार जती सामान्य केस र करिब ४ सयको हाराहारीमा अप्रेशन गर्नु भएको थियो ।

बेलाबेलामा मेडीकल माफिया, नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध तथा मेडीकल कलेज खोल्न माग गर्दै आएका उहा १७औं पटक अनसन बस्न डडेल्धुरा पुग्नु भएको थियो ।

गत कार्तिक १८ गते डडेल्धुरा पुगेर अनसन बसेका बेला उहाले चिकित्सा शिक्षा ऐनमा संशोधन, अरबौंको ठगी गर्ने मेडिकल कलेजका सञ्चालकहरुलाई कारवाही र सुदूरपश्चिमको डोटी, डडेल्धुरामा मेडिकल कलेजको माग राख्रनु भएको थियो ।

तर कालापानी, लिपुलेख र लिम्पियाधुरा सीमा विवादका कारण उहाको सत्याग्रह कार्तिक २६ गते ९औं दिनमा स्थागित भएको थियो। २६ वर्षदेखि त्रिवि शिक्षण अस्पतालका अर्थोपेडिक प्राध्यापक एवं विशेषज्ञका रुपमा कार्यरत चिकित्सिक केसीले उठाएका मागहरु आजसम्म सम्बोधन भएका छैनन् ।