मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकार ! तीन करोड जनाको स्वास्थ्य परिक्षण गर्न २५० वर्ष लगाउने हो ? कांग्रेस नेता महर

सरकार ! तीन करोड जनाको स्वास्थ्य परिक्षण गर्न २५० वर्ष लगाउने हो ? कांग्रेस नेता महर


काठमाडौं ।

नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले सरकारले गरिरहेको कोरोना परिक्षणको गतिप्रति असन्तुष्टि जनाएका छन् । अहिलेकै गतिमा कोरोना परिक्षण गरिए ३ करोड जनताको परिक्षण गर्न करिव २ सय ५० वर्ष समय लाग्ने नेता महरले बताए ।

कोरोना नियन्त्रण तथा रोकथामका लागी अर्थ मन्त्रालयले स्वास्थ्यलाई ४ अर्व छुट्टयाएको र कोरोना उपचार कोषमा लगभग साडे दुई अर्व रकम जम्मा रहेको अवस्थामा सरकारले दूर्त गतिमा काम गर्न नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। यस्तो अवस्थामा सरकारी स्रोत, साधन र क्षमताको प्रभावकारीता सिथिल हुन नहुने नेता महरको ठहर छ।

विदेशी भूमिमा अलपत्र रहेका नागरिकलाई नेपाल फर्काउने त कता हो कता, सरकारसँग तथ्याङ्कसमेत अध्यावधिक नरहेको आरोप लगाउँदै यसतर्फ सरकारले बेलैमा सोचेको भए अहिको स्थिति नआउने बताए। उनले विदेशमा रहेका नेपालीले पठाएको रेमिटान्सले देश धानी रहेको अवस्थामा उनीहरूप्रति सरकार गम्भीर नबन्नु लज्जाको विषय भएको बताए ।

उनले सरकारले पारदर्सिताको कुरालाई पनि सरकारले संगसँगै लैजानुपर्ने बताएका छन्। उनले अहिलेसम्म कोरोनामा खर्च भएको रकम र शीर्षकको बारेमा जनतालाई चाडो जानकारी गराउन माग गरे ।

उनले यस्तो अवस्थामा कसरी चाडो परिक्षण होला भन्दै एउटा तथ्याङ्क समेत सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका छन्।

यस्तो छ नेता महरको अहिलेसम्मको मूल्याङ्कन

लकडाउन गरिएको जम्मा दिन = ४३हालसम्म भएको पिसिआर परिक्षण = १४,०९६औसत १ दिनमा भएको पिसिआर परिक्षण = १४,०९६/४३ = ३२७.८१नेपालको कुल जनसंख्या = ३,००,००,०००सबै नेपालीको परिक्षण गर्न लाग्ने अवधी = (३,००,००,०००/३२७.८१) = ९१,५१६ दिन९१,५१६ दिन = (९१,५१६/३६५) बर्ष = २५० वर्षआगामी व्यवस्थापिका संसदको निर्वाचनमा बाँकी दिन (लगमग_ = ९३९