मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा आरडिटी टेष्ट कीटको अभाव

अछाममा आरडिटी टेष्ट कीटको अभाव

सुदूर आज

कल्पना बाेहरा, अछाम

अछाममा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) किटको अभाव भएको छ । १० वटै स्थानीय तहमा भारतबाट फर्केका नागरिकको आरडिटी गर्ने निर्णय भएको भए पनि किटको अभावमा सो कार्य अघि बढाउन सकिएको छैन । जिल्लाका १० वटा स्थानीय तहमध्ये नौ वटा स्थानीय तहका एक÷दुई वडामा मात्रै आरडिटी टेस्ट गरिएको छ । चौरपाटी गाउँपालिकामा भने किटको अभावमा परिक्षण हुन सकेको छैन ।

जिल्लामा हाल ९५ किट मात्रै मौज्दात रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी देव जोशीले रेडियो जनप्रियलाई जानकारी दिनुभयो । उहाँले जिल्लामा अहिले १ सय ६३ जना क्वारेन्टाईमा रहेको छन । अन्य व्यक्ति भन्दा पनि क्वारेन्टाईना राखेका व्यक्तिको आरडिटी चेकजाँचमा समेत किटको अभाव भएको छ । जिल्लामा चैत महिनामा झण्डै चार हजार नागरिक भारतबाट फर्केका भए पनि ८ सय ३ को आरडिटी गरिएको छ ।

यस्तै २ सय ५ को स्वाब परीक्षण गरिएको सूचना अधिकारीको भनाई रहेको छ । अहिलेसम्म परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ। तीन जनाको स्वाँव परिक्षणको रिर्पोट आउन वाँकी रहेको छ । जिल्लामा आरडिटी किटको अभाव भएकाले प्रदेशमा माग गरिएको भए पनि प्रदेशमा समेत आरडिटी किटको अभाव हुँदा आउनमा ढिलाई भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकप्रसाद ढुंगानाले जानकारी दिनुभया । उहाँले एक हप्ता अघि दुई हजार किटको लागि प्रदेश सरकारसँग माग गरिएको जानकारी दिनुभयो ।

स्वास्थ्य निर्देशनालय दिपायले एक हप्ता भित्रै किट पठाउने जानकारी गराएको उहाँको भनाई रहेको छ । अदालतमा आउने कैदीवन्दिको आरडिटि चेकजाँच गर्नु पर्ने हुँदा पनि किटको अभाव देखिएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण योजनाअन्तर्गत जिल्ला संयन्त्रको बैठकले भारतबाट फर्केका नागरिकको आरडिटी गर्ने निर्णय गरेको थियो तर किटको अभावमा सो निर्णय कार्यान्वयनमा समस्या भएकोे छ ।