मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सांसदमा देखिएन कोरोना

सांसदमा देखिएन कोरोना

सुदूर आज

काठमाडौं- संघीय संसदका सांसद र कर्मचारीहरुको बिहीबार भएको कोरोना परीक्षणको रिपोर्ट निगेटिभ आएको छ।

संसदीय संसद सचिवालयका अनुसार स्वास्थ्य प्रयोगसाला टेकुले सबैको रिपोर्ट तयारी पारिसकेको छ। उनीहरुको रिपोर्ट संसद भवनकै अगाडि वितरण गरिनेछ।

विहीबार संघीय संसद भवनमा ४ सय ४१ जनाको स्वाब लिइएको थियो।

जसमा १७९ जना प्रतिनिधिसभा सदस्य, ३३ राष्ट्रियसभा सदस्य र २२९ जना कर्मचारी तथा मर्यादापालक थिए।

बाँकी सांसद, सुरक्षाकर्मी र कर्मचारी गरी ८३ जनाको स्वाब संकलन कार्य शुक्रबार विहान ८ बजे देखि १० बजे सम्म संसद भवनमै संकलन गरिएको छ। उनीहरुको रिपोर्ट आजै साँझसम्म आउने जनाइएको छ।