मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विवादित अध्यादेश खारेज गर्न संसद् बैठकमा पेस

विवादित अध्यादेश खारेज गर्न संसद् बैठकमा पेस

सुदूर आज

काठमाडौं- राष्ट्रपतिबाट जारी भई खारेज भएका संवैधानिक परिषद्को काम कर्तव्य र अधिकारसम्बन्धी अध्यादेश र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि संसदमा पेस भएको छ।

प्रतिनिधिसभाको शुक्रबार सुरु भएको बैठकमा गृहमन्त्री रामबहादुर थापा र कानुनमन्त्री शिवमाया तुम्वाहाम्फेले खारेजीका लागि पेस गरेका हुन्।संविधानअनुसार ती अध्यादेश खारेजीका लागि संसदमा पेस हुनुपर्छ। दुवै अध्यादेश जारी भएपछि चौतर्फी विरोध भएका कारण सरकारले खारेज गरेको थियो।

बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए। – नेपाल समय