मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुरामा ३ सय ३८ जना क्वारेनटाइनमा, परिक्षण बिना नै घर पठाइदै

बाजुरामा ३ सय ३८ जना क्वारेनटाइनमा, परिक्षण बिना नै घर पठाइदै

सुदूर आज

बाजुरा – जिल्लाका जिल्लाका ९ वटा स्थानिय तहका ३७ क्वारेनटाइनमा ३ सय ३८ जना बसिरहेका छन् । १४ दिन अनिवार्य क्वारेनटाइनमा बस्नुपर्ने अनुसार समय पुगेकालाई बिना चेकजाँचमा घर पठाउने भएका छन् ।

आरडिटि चेक गरेर मात्र घर पठाउने प्राबधान भएपनि किट अभाबमा चेकजाँच बिना घर पठाउन लागेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । किट आएपछि चेक गर्ने स्वास्थ्य कार्यलय बाजुरामा प्रमुख दयाकृष्ण पन्तले बताउनु भयो ।

खप्तड छेडेदह गाँउपालिकाको ४ जना स्वामिकार्तिक गाँउपालिकाको ६ जना र जगन्न्नाथ गाँउपालिका १६ जना गरि २६ लाइ आरडिटि चेक घर पठाइसकेको छ । क्वारेनटाइनमा बसेका जिल्ला बाहिर धनगढी, महेन्द्रनगर, काठमाडौ लगायतका शहर र भारतबाट आएका स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताउनु भयो ।

त्रिवेणी नगरपालिकामा ५४ जना, बुढिगंगा नगरपालिकामा ६९ जना, बडिमालिका नगरपालिकामा ९ जना, स्वामिकार्तिक खापर गाँउपालिकामा ७० जना क्वारेनटाइनमा रहेका छन् । त्यस्तैै बुढिनन्दा नगरपालिकामा ३७ जना, जगन्नाथ गाँउपालिकामा २८ जना गौमुल गाँउपालिकामा ६ जना, हिमाली गाँउपालिकामा १५ जना र खप्तड छेडेदह गाँउपालिकामा ५० जना क्वारेनटाइनमा रहेका छन् ।

जिल्ला प्रबेश गर्न सबैलाई क्वारेनटाइनमा राखेपछि क्वारेनटाइनमा बस्नेको संख्या बढेको स्थानिय तहले वताएका छन् । क्वारेनटाइनमा बस्नेको नियमित चेकजाँच गर्नुपर्ने भएपनि स्वास्थ्यकर्मीको ब्यबस्थापन नगरेको पाईएको छ ।

क्वारेनटाइनमा बस्ने संख्या बढेको भएपनि क्वारेनटाइनको ब्यबस्थापन भने निकै फितलो रहेको छ । बस्ने ब्यबस्थापन देखी खाद्यन्न समेत राम्रो नभएको समचार आइरहेका छन् ।