मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वमन्त्री बाँस्कोटा र सांसद आलेलाई कार्बाही गर्न पत्रकार महासंघ डोटी शाखाको माग

पूर्वमन्त्री बाँस्कोटा र सांसद आलेलाई कार्बाही गर्न पत्रकार महासंघ डोटी शाखाको माग

सुदूर आज

पूर्व सूचना, प्रबिधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा र सांसद प्रेमबहादुर आलेमगरलाई कार्बाही गर्न नेपाल पत्रकार महासंघ डोटी शाखाले सरकारसंग माग गरेको छ । शाखाले आज एक विज्ञप्ति सार्वजनिक गर्दै कार्बाहीको माग गरेको हो ।

२०७६ भदौ २ गते रेडियो नेपाल प्रदेश प्रशारण कार्यालय दिपायलबाट तीनजना सञ्चारकर्मीहरु सुनिता रावल, प्रकाश बम र चक्र कुँवर निष्काशन गरिएको थियो । सोही प्रकरणमा केहीदिनअघि सांसद आलेको २०७६ साउन २८ गतेको निवेदन र मन्त्री आलेको तोकमा उनीहरुलाई हटाउने प्रशंग उल्लेख भएको पत्र सार्वजनिक भएको थियो । सोही पत्रका विषयमा अध्यक्ष योगेन्द्र बलायरद्वारा हस्ताक्षरित विज्ञेप्ति मार्फत धारणा दिँदै शाखाले ‘गैह्रजिम्मेवार कर्तुतमा सहभागि सांसद र मन्त्रीलाई पनि कडाभन्दा कडा कार्बाही गर्न सरकारसंग माग’ गरेको छ ।

विज्ञप्तिमा घटनाले हरेक श्रमजिवीको श्रमसुरक्षामा सरकारबाटै गम्भिर संकट पैदा भएको उल्लेख छ । ‘रक्षक नै भक्षक भन्ने नेपाली उखानजस्तै यसबाट सरकार आफै श्रमजिवीको रोजीरोटीको ग्यारेन्टी गर्नुपर्ने र पेशागत सुरक्षा गर्ने दायित्वबाट विमुख भई उल्टै रोजगारी खोस्न तल्लीन भएको पुष्टी भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

मन्त्री र सांसदको यस्तो प्रवृत्तीलाई विज्ञप्तिमा अलोकतान्त्रिक र संविधान विरोधी हर्कतको रुपमा टीप्पणी गरिएको छ । विज्ञप्तिमा भनिएको छ,‘यस्तो निन्दनिय, संविधानविरोधी, लोकतन्त्रविरोधी कर्तुतको सिकार भएका सञ्चारकर्मीहरुको तत्काल पुनर्वहाली गर्न सम्बन्धित पक्षसंग जोडदार माग गर्दछौ ।’

सांसद आलेको निवेदनमा तीनजना पत्रकारहरु लोकेश अधिकारी, नवराज जोशी र दीर्घ खत्रीलाइ नियूक्त गर्ने र चारजना पत्रकारहरु प्रकाश बम, सुनिता रावल, चक्र कुँवर र अरूण बमलाई हटाउने कुरा उल्लेख छ । सोही निवेदनमा तत्कालिन मन्त्री बाँस्कोटाले तोक लगाएर सांसदको निवेदनअनुसारको काम गर्न रेडियो नेपालका कार्यकारी निर्देशकलाई निर्देश गरेका छन् ।त्यसपछि तीनजनाको नियूक्ती भएको र तीनजनालाई निष्काशन भएको थियो । सोही घटनापछि नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन लगायतका संगठनहरुले आन्दोलन गरिरहेका छन् ।