मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बधाई प्रमाण पत्र दिदैँ क्वारेण्टाईनबाट बिदाई गर्दै पञ्चदेवल नगरपालिका

बधाई प्रमाण पत्र दिदैँ क्वारेण्टाईनबाट बिदाई गर्दै पञ्चदेवल नगरपालिका

सुदूर आज

दिनेश केसी, अछाम ।

पञ्चदेवल विनायक नगरपालिकाको क्वारेण्टाईनमा बसेका २ जनालाई घर पठाईएको छ । कोरोना संक्रमण रोकथाम तथा न्युनिकरणका लागी नगरपालिकाले स्थापना गरेको क्वारेण्टाईनमा १४ दिन पुरा गरेका प्रकास बिक र कमल रावलकोे बिदाई गरिएको हो ।

जिल्ला प्रशासनले २१ दिन अनिवार्य क्वारेण्टाईनमा बस्न परिपत्र गरे पनि नगरपालिकाले उनिहरुको स्वास्थ्यको लागी बाँकी ७ दिन होम क्वारेण्टाईन अर्थात घरको एकान्त बास नै सुरक्षित हुने भएकाले बिदाई गरिएको नगरपालिकाले जानकारी दिएको छ । वडा नम्वर ४ कालिकास्थानका प्रकास बिक लकडाउनको अवधीमा नेपाल सरकारले जारी गरेको निर्देशन कार्यान्वयन गर्नु पर्छ भनि स्वस्फुर्त ढंगबाट बैशाख १२ गते क्वारेण्टाईनमा बसेका थिए ।

यस्तै वडा नम्वर ७ पुल्लेतोलाका कमल रावल बैशाख १३ गते कपिलबस्तुबाट पञ्चदेवलको क्वारेण्टाईनमा आई आफै बसेका थिए । नगरपालिकाले स्थापना गरेको क्वारेण्टाईनमा १४ दिन बिताएका रावलले त्यहाँ रहदाँ खाद्यान्न लगायत स्वास्थ्य सेवामा कुनै कमि नभएको जानकारी दिए । आफै स्वास्थ्यकर्मी भएकाले १४ दिनको क्वारेण्टाईनमा बस्न कुनै असहज नभएको बताए । अव बाँकी ७ दिन आफै सुरक्षित होम क्वारेण्टाईनमा अर्थात घरको एकान्त बासमा बस्ने र बाँकी समुदायलाई पनि सचेत र सतर्कता अपनाउन घरमै बसी सबैलाई आग्रह गर्ने उनले बताए ।

बैशाख १३ गते देखी आज सम्म आफ्नो स्वईच्छाले क्वारेण्टाईनमा बसेका रावललाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझीले प्रमाण पत्र र बधाइका साथ विदाई गरेका छन् ।

नेपाल सरकारको नियम आफ्नै लागी पालना गरि १४ दिन सम्म क्वारेण्टाईनमा बसि नगरपालिकालाई सहयोग गरेकोमा धन्यवाद समेत दिएका छन् । क्वारेण्टाईनमा बसेका सबैको आरडिटी रिपोर्ट नेगेटिभ देखिएको थियो । बाँकी वडा नम्वर ५ लयाँटीका हरि बुढा र ललित शाहीको कोरोना परिक्षण गरिएको छैन ।

लयाँटीका २ जना २० गते भन्दा पहिले नै नेपालगञ्जबाट अछाम भित्रिएका थिए । क्वारेण्टाईनमा बाहिरबाट प्रबेश गरेकाहरुको संख्या थपिने क्रम बढ्दो अवस्थामा हुँदा उनिहरुलाई थप ७ दिन होम क्वारेण्टाईन मै बस्न निर्देशन सहित बिदाई गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत माझीले जानकारी दिए ।