मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माटो र जनता दुबै संकटमा हुदाँ पनि सरकारले केही गर्न सकेन : कांग्रेस नेता ढुंगाना

माटो र जनता दुबै संकटमा हुदाँ पनि सरकारले केही गर्न सकेन : कांग्रेस नेता ढुंगाना

देशको सार्वभौमिकता माथि दिनदहाडै आक्रमण गर्नेको निन्दा गरौँ


देशको सार्वभौमिकता माथि दिनदहाडै आक्रमण गर्नेको निन्दा गरौँ

पूर्ण बहादुर खड्का, अछाम ।

नेपाली कांग्रेस अछामका उपसभापति चन्द्र प्रसाद ढुंगानाले देशको सार्वभौमिकता माथि दिनदहाडै आक्रमण गर्ने, सगरमाथाको हिस्सा खोज्ने, लिपुलेकलाई दुई देशको सिमा मान्ने चाईना र ईन्डियाको निन्दा गरौँ भनेका छन् ।

शुक्रबार मात्रै भारतले लिपुलेक हुदैँ मानसरोबर जाने सड्क मार्ग खोलेको बिषयमा सामाजिक संजालमा प्रतिक्रिया दिदैँ यूवा नेता ढुंगानाले नेपालका नेताहरु दक्षिण र उत्तरको कार्डको रुपमा मात्रै प्रयोग हुने गरेकाले अब देश जोगाउन सबै जागौँ र जोगाउ भनेका छन् ।

भारत लगायत बिदेशमा अलपत्र परेका नेपालीका बारेमा चुक्क नबोल्नेहरुको राष्टबादि कुराले मात्र सोभा दिदैन भन्दै ढुंगानाले राष्ट्र भनेको भौगोलिक सिमामात्र हैन जनता पनि हो भन्ने बुझ्न पर्छ भनेका छन् । अहिले माटो र जनता दुबै संकटमा छन दुइटैको सुरक्षा कायम गरौ भनेका छन् ।

भारतका तत्कालिन प्रधामन्त्री जवाहरलाल नेहरुले नेपाललाई सिक्किम बनाउने चाहेको खुलाशा गर्दै ढुंगानाले नेहरुको योजना मुताबिक तत्कालिन राजा त्रिभुवनलाई फसाउन राजा महेन्द्रको चलाखीले त्यो बेला देश बचको स्मरण गरेका छन् ।

पदमा पुग्नका लागि नेताहरु भारत र चाईनाको कार्डको रुपमा मात्रै प्रयोग भए

पदमा पुग्नकै लागि मात्र देशका राजतिकि दलका ठुला भनिने नेताहरु कहिले भारतिय तथा कहिले चाईनिज कार्डको रुपमा प्रयोग हुने गरेको आरोप लगाएका हुन् । नेपालका नेताहरुका यस्तै क्रियाकलापले भारत र चिन रणनैतिक रुपमा मिल्न पुगेपछिको पिडा नेपालले भोग्नु परेको नेता ढुंगानाले उल्लेख गरेका छन् ।

तत्कालिन राजा बिरेन्द्रको शान्ती क्षेत्रको प्रस्तावलाई महत्व हिन बनाईएको स्मणरण गर्दै उद्योग बाणिज्य संघ अछामका पूर्व अध्यक्ष समेत रहेका ढुंगानाले दुई ढुङ्गा बिचको तरुल जोगिएर बस्नु परथ्यो तर नेपालका नेताकै कारणले त्यसो हुन नसकेको दुखेसो व्यक्त गरेका छन् । साथै ढुंगानाले अब गो ब्याक ईन्डियाका साथै चाईनाको समेत प्रतिकार गर्नु पर्ने बताएका छन् ।