मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्माण ठेक्काको विषयमा गरिएको कुप्रचार कुनै पनि दृष्टिले उचित छैन : रामारोशन गाँउपालिका

निर्माण ठेक्काको विषयमा गरिएको कुप्रचार कुनै पनि दृष्टिले उचित छैन : रामारोशन गाँउपालिका

विकास प्रेमि र विकास विरोधि तत्व विच टक्रावको उपज मात्रै हो : पालिका अध्यक्ष साँउद

सुदूर आज

विकास प्रेमि र विकास विरोधि तत्व विच टक्रावको उपज मात्रै हो : पालिका अध्यक्ष साँउद

पूर्ण बहादुर खड्का, अछाम

रामारोशन गाउँपालिकामा ४ वटा विद्यालयहरुको भवन निर्माणको सम्बन्धमा विभिन्न बाहिर आएको भ्रमपुर्ण समाचार प्रति गाँउपालिकाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

गाँउपालिकाले आज एक विज्ञप्ती जारी गर्दै सार्वजनिक खरिद ऐन अनुसार नै नियमानुसार अगाडि बढाइएको निर्माण सम्बन्धि ठेक्काको विषयमा गरिएको कुप्रचार कुनै पनि दृष्टिले उचित छैन भनेको छ ।

समग्र गाउँपालिका र जिम्मेवार व्यक्तिको चरित्र हत्या हुने गरि गरिएको सुनियोजित कुप्रचारको घोर भ्रत्सना गर्दछौ गाँउपालिकाका अध्यक्ष झंकर साँउदद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ।

विकास विरोधि तत्त्वहरु जतिसुकै सल्वलाए पनि जनताको विकास र अग्रगमनको चाहना पुरा गर्न रामारोशन गाउँपालिका हमेसा लागिरहने कुरामा दृढ छ भन्दै अहिले बाहिर आएको बिषय विकास प्रेमि र विकास विरोधि तत्वहरु विचको टक्रावको उपज मात्रै भएको समेत स्पष्ट पार्न चाहन्छौ अध्यक्ष साँउदद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

जनताको विकास र अग्रगमनको चाहना पुरा गर्ने क्रममा जो जो तत्त्वहरु वाधक वनेर आउछन, तिनिहरु आफै चक्नाचुर भएर नष्ट हुने भन्दै जिम्मेवार व्यक्तिको चरित्रहत्या गर्न उद्दत रहेकोले विषयमा गाँउपालिकाले गम्भिर आपत्ती प्रकट गरेको छ ।

यसरी बदनाम गर्ने गरि गरिएको कु प्रचारको भ्रममा नपर्ने सबैलार्य अपिल गर्दै गाँउपालिकाले चरित्रहत्यामा संलग्नलाई प्रचलित नियमानुसार कानुनी उपचारको वाटो खोजिने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीको पूर्णपाठ