मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुत्केरी भएको २५ दिनपछि अछामकी एक महिलाको हेलिक्पटर मार्फत उद्धार

सुत्केरी भएको २५ दिनपछि अछामकी एक महिलाको हेलिक्पटर मार्फत उद्धार


पूर्ण बहादुर खड्का, अछाम ।

अछाममा एक जना सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । सुत्केरी भएको २५ दिन पछि स्वास्थ्यमा समस्या देखिएपछि राामारोशन गाँउपालिका भाटाकाटियाकी २४ बर्षिया देउमा साँउदको उद्धार गरिएको हो ।

भटाकाटिया स्वास्थ्य चौकीमा २५ दिन पहिले सुत्करी भएकी साँउदको पेट दुखाई भएपछि उनलाई बयालपाटा अस्पताल ल्याईएको थियो ।

बयालपाटा अस्पतालमा चेकजाँच गर्दा उनको पेटमा रगत जमेको देखिएपछि थप उपचारका लागि उनलाई हेलिक्पटर मार्फत कोहोलपुर रेफर गरिएको न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बताए ।

२५ दिन पहिले सुत्केरी भएकी साँउदलाई शुनिबार मात्रै बयालपाटा अस्पताल ल्याईएको थियो । उनलाई गाँउमै धामी झाँकी मार्फत पेट दुखाईको उपचार गराउदा अस्पताल ल्याउन ढिलाई भएको बताईएको छ ।

राष्टपति सुत्केरी उद्धार कार्यक्रम अन्र्तगत सुत्केरी महिलाको अछामबाट कोहलपुर हेलिकप्टर मार्फत उद्धार भएको अछामका प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद पौडलले बताए ।