मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देविस्थानका १ जनालाई क्वारेन्टाइनमा राखीयो

देविस्थानका १ जनालाई क्वारेन्टाइनमा राखीयो

सुदूर आज

अछाम – साँफेबगर नगरपालिका वडा नम्वर ११ देविस्थानमा १ जनालाई क्वारेन्टाईनमा राखीएको छ । केहीदिन अघि कञ्चनपुरको वेदकोट नगरपालिका बाट आएका एक जना लाई क्वारेन्टाईनमा राखीएको हो ।

विश्वभरी माहामारीको रुपमा फैलीरहेको कोरोनाभाइरसको संक्रमण बाट बच्न तथा गाउँमा फैलीन नदिन जिल्ला भन्दा बाहीर बाट आएका स्थानियलाई क्वारेन्टाईनमा राख्ने निर्णय अनुसार सुरक्षित रुपमा क्वारेन्टाईमा राखीएको वडा अध्यक्ष गणेश बहादुर खड्काले बताए ।

नगरपालिकाको सहयोगमा वडा कार्यालयले ब्याबस्थापन गरेर तयार गरेको ब्यबस्थित क्वारेन्टाईनमा उनिहरुलाई आवश्यक पर्ने खान, बस्न र आवश्यक स्वास्थ्य चेकजाँचको लागि स्वास्थ्यकर्मि समेत व्यावस्था गरीएको वडा अध्यक्ष खड्काको भनाई छ ।

कोरोना भाईरस बाट बच्नका क्वारेन्टाइनको विकल्प क्वारेन्टाइन नै भएकाले नेपाल सरकारले गरको लकडाउनको पुर्ण रुपमा पालना गरेर घरमा सुरक्षित रुपमा बसीदीन वडा कार्यालयले सबैमा आग्रह गरेको छ ।