मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउ फर्केकालाई रोजगारी दिने कार्यक्रम ल्याउदैछौँ : नगर उपप्रमुख चलाउने

गाउ फर्केकालाई रोजगारी दिने कार्यक्रम ल्याउदैछौँ : नगर उपप्रमुख चलाउने

सुदूर आज

कमल रावल, अछाम ।

पंञ्चदेवल विनायक नगरपालिकाका उपप्रमुख अम्बिका चलाउनेले गाउ फर्केकालाई रोजगार बनाउने गरि नगरपालिकाले आगामि निति तथा कार्यक्रम तयार गर्ने बताउनु भएको छ ।

कोरोनाभाईरस कोभिड् १९ का कारण गाउपालिकाका थुप्रै नागरिक आगामि दिनमा बेरोजगार हुने भएकाले कृषि क्षेत्रमा उचित बजेट विनियोजन गरिने बताउनु भयो । भारत तथा तेस्रो मुलुकमा जागिर गर्ने नागरिक अब गाउमै रहने भएकाले उनिहरुको लागि कृषि र पशुपालन तिर जोड दिईने बताउनु भयो ।

कार्यक्रम साझेदारीमा बोल्दै उपप्रमुख चलाउनेले कृषि क्षेत्रतिर अग्रसर हुने हरेक युवालाई सत प्रतिशत अनुदानको ब्याबस्था गरिने बताउनु भयो । कृषि क्षेत्र तर्फ गत विगतमा समेत नगरपालीकाले बजेट विनियोजन गर्दै आएकाले दैनिक ज्यालादारी गरिखाने वर्गलाई समेत दैनिक कामको प्रबन्ध मिलाईने बताउनु भयो ।

किसानका लागि आवश्यक पर्ने विउविजन, आवश्यक तालिमको समेत सबै ब्याबस्था नगरपालीकाले आगामि दिनमा गर्ने बताउनु भयो । बिकासका काम रोकेर समेत हरेक कृषि र उत्पादन क्षेत्रतर्फ निति तथा कार्यक्रम अगाडी बढाईने बताउनु भयो ।

आफ्नो नगरपालीकाले विपन्नता, गरिबी, मजदुर तथा घरबास नभई मागेर दैनिक गुजारा चलाउने नगरका ८ सय ३१ जनालाई राहत वितरण गरिएको जानकारी दिनु भयो । राहत वितरणको कार्यलाई प्रभाबकारी बनाउन सबैलाई सहयोग गर्न आग्रह गर्दै आगामि दिनमा समेत सबैको साथको आवश्यकता रहेको बताउनु भयो ।

भारतमा रहेका नेपालीको उद्धारका लागि कुनै पहल भएन भन्ने स्रोताको जिज्ञासामा चलाउनेले अब हरेक स्थानिय तह संगठित भएर केन्द्र सरकारलाई दबाब दिनुपर्ने बताउनु भयो । भारत सरकारसँग नेपाल सरकारले कुटनितीक पहल गरेर नेपालीलाई उद्धार गरि हरेक प्रदेशका सबै स्थानिय तहमा जिम्मा लगाई क्वारेन्टाईनमा राख्ने प्रबन्ध गर्नुपर्ने बताउनु भयो ।

यतिबेला कोरोनाभाईरसबाट आफु पनि बाच्ने र अरुलाई पनि बचाउने अभियान भएकाले निशेधाज्ञाको पालना गरि सभ्य नागरिकको पहिचान दिन समेत आग्रह गर्नु भयो ।