मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतले कोरोनाको मौका छोपेर नेपाली भूमि मिच्यो : नेकपा नेता शर्मा

भारतले कोरोनाको मौका छोपेर नेपाली भूमि मिच्यो : नेकपा नेता शर्मा


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसद जनार्दन शर्माले भारतले लिपुलेकमा कोरोनाको मौका छोपेर नेपाली भूमि मिचेको भन्दै आपत्ति जनाएका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले कोरोनाको मौका छोपेको भन्दै भर्त्सना गरे । 

उनले सीमा रक्षाका लागि सबै उपाय अपनाउनु पर्ने पनि बताए । ‘‘सरकारले नेतृत्व गरेर अब जनतालाई आह्वान गर्नुपर्छ । सरकारले कूटनीतिक नोट जारी गरेको छ । चीनले केही सच्याउने कुरा गरेको छ । चीनसँग कुरा गर्नुपर्छ,’’ उनले भने । 

त्यस्तै उनले संसदले दिएको निर्देशन सरकारले नमानेको भन्दै आपत्ति जनाए । उनले नेपाली भूमिमा भारतले बाटो बनाएको विषयमा सरकारलाई अनुसन्धान विभागले कुन मितिमा के लेखेर रिपोर्ट दिएको छ समितिमा झिकाउन माग पनि गरे ।

उनले प्रश्न गर्दै भने, ‘‘कि अनुसन्धान विभागले नेताको मात्र जासुसी गर्छ ?’’ उनले भारतले बनाएको बाटो तत्काल रोकिनुपर्ने भन्दै जनतालाई लिपुलेक जाने अनुमति दिन सरकारसँग माग गरे । ‘‘शक्तिअनुसारको संघर्ष गर्नुपर्छ । हाम्रो भू-भागको रक्षा गर्न पाउनुपर्छ,’’ उनले भने । – बारहखरी