मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतीय कदमले दुई देशबीचको प्रगाढ सम्बन्धमा खलल् पुग्ने खतरा : महासंघ

भारतीय कदमले दुई देशबीचको प्रगाढ सम्बन्धमा खलल् पुग्ने खतरा : महासंघ

सुदूर आज

काठमाडौं । नेपाल पत्रकार महासंघले नेपाली भूमि अतिक्रमण गरी सडक निर्माण गर्ने भारतीय कदमले नेपालको सार्वभौमसत्तामा आघात पुगेको जनाएको छ । 

भारतीय कदमले दुई देशबीचको प्रगाढ सम्बन्धमा खलल् पुग्ने खतरा बढेको महासंघको ठहर छ । 

महासंघले आइतबार विज्ञप्ति जारी गर्दै भारतले गरेको भूमि अतिक्रमण तत्काल रोक्न र कूटनीतिक पहलद्वारा समस्या समाधान गरी दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । 

“भारतद्वारा नेपाली भूमि अतिक्रमण गरी दार्चुलास्थित व्यास गाउँपालिका १ को गुञ्जीदेखि लिपुलेकसम्म करिब २२ किलोमिटर सडक निर्माण गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,” महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “दुई देशबीच सहमति र सन्धि भई सीमाको सिमांकन भइसकेको अवस्थामा भारतद्वारा त्यसलाई नजरअन्दाज गरी एकपक्षीय ढंगबाट सडक निर्माण गरिनु आफैंमा दुःखद् र खेदजनक कार्य हो ।”