काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले भारतको दादागिरी र चीनको न्यानो सहयोगको प्रतिरोध गर्न नेपाली कांग्रेस तयार रहेको बताएका छन् । सांसद थापाले प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा बोल्दै यस्तो बताएका हुन् ।
हाम्रो भूमिमा एक इन्च पनि तलमाथि भयो भने नेपालले छाड्नेवाला छैन भनेर प्रस्टसँग भन्नुपर्ने भन्दै उनले भने, “भारतको दादागिरी र चीनको न्यानो सहयोगको प्रतिरोध गर्न नेपाली कांग्रेस र सिंगो नेपाली जनता तयार छ । सरकारले हामीसँग के अपेक्षा गरेको छ, हामी जान्न चाहन्छौं ।” भारतले नेपाली भूमि लिपुलेकमा बाटो बनाएको विषयमा सरकारले विरोध गर्नुपर्ने पनि बताए ।
प्रतिक्रिया