मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेविसंघका १५० नेता-कार्यकर्ता पक्राउ

नेविसंघका १५० नेता-कार्यकर्ता पक्राउ


काठमाडौं- भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका १५० नेता कार्यकर्ता सोमबार माइतीघरबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा संघका अध्यक्ष राजीव ढुंगाना, महामन्त्रीहरु बलदेव तिमल्सिना, उर्मिला थपलिया, युवराज पाण्डे, दीपक भटराई, प्रभात दाहालसहित छन्। उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।

नेपाली भूमि फिर्ताको माग गर्दै देशभर भएको प्रदर्शनमा सयौं नेता कार्यकर्ता पक्राउ परेको महामन्त्री तिमल्सिनाले जानकारी दिए।