मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोनाको संक्रमण २० देखी ५० उमेर समुहमा बढी ।

नेपालमा कोरोनाको संक्रमण २० देखी ५० उमेर समुहमा बढी ।


काठमाडौं । नेपालमा कोरोना भाइरस ९कोभिड १९० को संक्रमण २० देखि ५० वर्ष उमेर समूहका मानिसमा बढी देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा। विकाश देवकोटाले नेपालमा हालसम्म दुई महिनाको शिशुदेखि ८१ वर्षका वृद्धालाई कोरोना संक्रमण देखिएको जानकारी दिए ।

विश्व र नेपालकै तथ्याङ्क हेर्दा शिशुदेखि वृद्धवृद्धा सबैलाई कोरोना संक्रमण देखिएको उनले बताए । “वयस्क युवाहरूले र तन्दुरस्त छु, कोरोना संक्रमण हुँदैन भन्ने गरेको सुनियो तर त्यो सबै भ्रम मात्र हो,” उनले भने, “नेपालमा कोरोना संक्रमण देखिएकाहरूको तथ्याङ्क हेर्दा २० देखि ५० वर्ष उमेरका मानिसहरूमा बढी देखिएको छ ।”

धूमपान र सुर्तिजन्य पदार्थको सेवन गर्नेमा कोरोना भाइरसको संक्रमण बढी हुने उनले जानकारी दिए । धूमपान, सुर्तिजन्य पदार्थको सेवन आजैबाट छोड्न सबैलाई उनले अनुरोध गरे ।