मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संक्रिमित ८८ जनाको स्वास्थ्य अवस्था सामान्य

संक्रिमित ८८ जनाको स्वास्थ्य अवस्था सामान्य

२४ घण्टामा करिब ३ हजारको कोरोना परीक्षण


२४ घण्टामा करिब ३ हजारको कोरोना परीक्षण

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको आशंकामा करिब ३ हजारको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको सोमबार गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले पछिल्लो २४ घण्टामा कोरोना भाइरसको आशंकामा दुई हजार ७९९ वटा नमुना परीक्षण गरिएको जानकारी दिए ।

“हालसम्म पीसीआर विधिबाट कोरोना १७ हजार ८०९ जनाको नमुना परीक्षण गरिएको छ,” उनले भने, “हालसम्म ५८ हजार ५४६ जनाको आरडीटी परीक्षण गरिएको छ ।”

देशैभरका विभिन्न अस्पतालको आइसोलेसनमा १५३ जना रहेका छन्, जसमा काठमाडौं उपत्यकामा १ जना र उपत्यका बाहिर १५२ जना रहेको उनले जानकारी दिए । सातै प्रदेशका क्वारेन्टाइनमा १२ हजार ७०१ जना रहेका मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १२१ रहेको छ जसमा ८९ पुरुष र ३२ महिला रहेका छन् । हाल विभिन्न अस्पतालमा ८८ जना उपचाररत रहेका छन् भने ३३ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा मन्त्रालयको मोबाइल एप ‘हाम्रो स्वास्थ्य’मा २ जना रेड जोनमा परेमा छन् । जम्मा रेड जोनमा ३४२ जना पुगेका मन्त्रालयले जनाएको छ ।