मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुग्यो

सुदूर आज

नेपालमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ। सप्तरी जिल्लामा नयाँ कोरोना संक्रमित भेटिएका हुन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमित युवक हाल स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको मन्त्रालयले जनाएको छ। योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ। संक्रमण पुष्टि भएकामध्ये ३३ जना निको भएका छन्।