मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काँग्रेसद्वारा अप्ठ्यारोमा परेका नेपालीको उद्धारका लागि प्रस्ताव दर्ता

काँग्रेसद्वारा अप्ठ्यारोमा परेका नेपालीको उद्धारका लागि प्रस्ताव दर्ता


प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले ‘कोरोना महाव्याधीबाट प्रभावित विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपालीलाई तत्काल सुरक्षितरुपमा स्वदेश फिर्ताको व्यवस्था गर्न’ माग गर्दै सङ्घीय संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ।  

काँग्रेसले कोरोनाको अहिलेको महासङ्कटको बेला विदेशमा अप्ठ्यारोमा परेका नेपालीले आफ्नो देशमा आउन खोज्नु र राज्यको संरक्षण पाउन खोज्नु स्वाभाविक मात्र नभई उनीहरूको अधिकार र नेपाल सरकारको दायित्व भएको भन्दै सोबारेमा छलफल गर्न प्रस्ताव आज दर्ता गराएको जनाएको छ।

यसैगरी सो बारेमा सर्वोच्च अदालतले आदेश दिइसकेको, संसदीय समितिहरूले ध्यानाकर्षण र निर्देशन गरेको सन्दर्भमा र संसारका विभिन्न मुलुकले आफ्ना नागरिकको व्यवस्थापन र सुरक्षित फिर्ती प्रक्रिया थालिसक्दासमेत नेपाल सरकारले गम्भीरतापूर्वक लिएको नदेखिएको भन्दै सोबारेमा छलफल गर्नुपर्ने आवश्यकता रहेको प्रस्तावमा उल्लेख छ। 

यस सन्दर्भमा सरकारले के कस्तो तयारी गरिरहेको छ सोको जानकारी सदनमा गराउन तथा भारत, खाडी मुलुकलगायत विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपालीलाई अविलम्ब नेपाल ल्याउनका लागि कार्ययोजना बनाई प्रक्रिया थाल्न तथा उनीहरूको व्यवस्थापनका लागि तत्कालीन र दीर्घकालीन योजना बनाउन सदनले सरकारलाई निर्देशन दिन अपरिहार्य भएको भनी प्रस्तावमा जनाइएको छ।

काँग्रेसका सांसद गगनकुमार थापा प्रस्तावक र डा डिला सङ्ग्रौला तथा प्रकाश रसाइली (स्नेही) समर्थक रहेको उक्त प्रस्तावमा विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्न र त्यसपछि तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने विभिन्न कामका बारेमा सुझावसमेत उल्लेख गरिएको छ। –रासस