मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले आफ्नो गल्ती छोप्न कोरोनाको बहाना पाएको छ : कांग्रेस नेता रिजाल

सरकारले आफ्नो गल्ती छोप्न कोरोनाको बहाना पाएको छ : कांग्रेस नेता रिजाल


काठमाडौं – नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले सरकारले कोरोनाको समस्या देखाएर आफ्नो गल्ती छोप्न लागेको बताएका छन्। आज प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटको सिद्धान्त र प्राथमिकताबारे बोल्दै उनले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले विकास निर्माणको कुनै काम गर्न नसकेको दाबी गरेका हुन्।

रिजालले १९ प्रतिशत मात्र राष्ट्रिय गौरवका आयोजनामा खर्च भएको बताउँदै, निजगढ विमानस्थल र पशुपति क्षेत्र विकास कोषमा एक रूपैयाँ पनि खर्च नभएको बताए। उनले भने, “यसबाट प्रष्ट हुन्छ सरकारले कोरोना अगाडि कस्तो गतिमा काम गरेको थियो।”

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका छाया अर्थमन्त्रीसमेत रहेका रिजालले कोरोनाको असर अहिले नै एकीन गर्न नसकिने भएकोले अहिले सानो आकारको बजेट ल्याउनु उपयुक्त हुने बताए।