मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निशुल्क सेवा दिन बैतडी पुगे डाक्टर गोविन्द केसी

निशुल्क सेवा दिन बैतडी पुगे डाक्टर गोविन्द केसी

सुदूर आज

ध नगढी : डाक्टर गोविन्द केसी सोमवार बेलुका बैतडी पुगेका छन्। दुई महिनदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा निशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएका डाक्टर केसी सोमवार बैतडी पुगेका हुन्।

डाक्टर केसी दुई दिनसम्म बैतडी बस्नेछन्। बैतडीमा रहँदा उनले हाडजोर्नीका बिरामीलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्नेछन्। जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बशन्तराज जोशीका अनुसार दुई दिन बैतडीमा बसेपछी डाक्टरले केसी दार्चुला जाने कार्यक्रम रहेको छ।

यसअघि डाक्टर केसीले चार दिन बझाङ जिल्ला अस्पतालमा सेवा दिएका थिए। फागुन २० गतेदेखि वैशाख २५ गतेसम्म डाक्टर केसीले डडेल्धुरा अस्पतालमा निशुल्क सेवा दिएका थिए।

डाक्टर केसी चिकित्सा क्षेत्र सुधार र काठमाडौँ बाहिर सुदूरपश्चिम लगायतका क्षेत्रमा मेडिकल कलेज खोल्नुपर्ने माग गर्दै पटक÷पटक अनसन बसेका थिए।