मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी, बाग्मती पुछारमा

सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी, बाग्मती पुछारमा

सुदूर आज

काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ मा सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी हुने भएको छ । केन्द्रिय तथ्यांक विभागले गरेको प्रदेशगत प्रक्षेपण अनुसार चालु आवमा सबैभन्दा राम्रो आर्थिक वृद्धिदर सुदूरपश्चिम प्रदेशमा हुने भएको छ ।

गत आवमा प्रदेश नं २ को आर्थिक वृद्धिदर राम्रो थियो । विभागका अनुसार यस वर्ष सुदुरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ४.०८ प्रतिशत कायम हुने भएको छ । समग्र मुलुकको आर्थिक वृद्धिदर भने २.२८ प्रतिशत रहने प्रक्षेपण यसअघि नै सार्वजनिक भएको थियो ।

प्रदेशगत रुपमा सबैभन्दा कम आर्थिक वृद्धिदर बागमति प्रदेशको देखिएको छ । यस वर्ष बागमती प्रदेशमा आर्थिक वृद्धिदर मात्र १.२३ प्रतिशत रहने भएको छ । त्यसो त आर्थिक गतिविधि सबैभन्दा धेरै बागमतीमा हुने गर्छ ।

अर्थतन्त्र र कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ठूलो हिस्सा पनि बागमतीले ओगटेको छ । यस क्षेत्रमा कोरोनाका कारण धेरैजसो आर्थिक गतिविधि पछिल्लो दुई महिनायता ठप्प रहेका छन् ।

यसले आर्थिक वृद्धिदरमा असर गरेको विभागले उल्लेख गरेको छ । विभागले आर्थिक वृद्धि र जीडीपीको प्रक्षेपण गर्दा होटेल तथा रेष्टुरेन्ट र अन्तर्राष्ट्रिय यातायात क्षेत्र यस वर्षको अन्त्यसम्म जाने र अन्य क्षेत्र भने जेठबाट क्रमशः अगाडि बढ्ने अनुमानसहित प्रक्षेपण तयार पारिएको छ ।

कुन प्रदेशको आर्थिक वृद्धिदर कति ?

प्रदेश  आव २०७६/७७    आव ७५/७६
प्रदेश नं १३.४१७.४
प्रदेश नं २२.२८८.१२
बागमती१.२३६.४
गण्डकी२.६८६.६५
प्रदेश नं ५६.७८
कर्णाली३.५६८.१
सुदुरपश्चिम४.०८६.९
कूल  २.२८६.९९

जीडीपीमा बढी योगदान बागमतीबाट, कम योगदान कर्णालीको

नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा भने बागमति प्रदेशबाट सबैभन्दा बढी योगदान भएको पाइएको छ । केन्दि्रय तथ्यांक विभागको आकडा अनुसार चालु आर्थिक वर्ष २०७६/७७ को कूल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान बागमती प्रदेशले गर्ने देखिएको छ । यस प्रदेशले जीडीपीमा ३५.८४ प्रतिशतको योगदान गर्नेछ । सबैभन्दा कम योगदान भने कर्णाली प्रदेशले गर्छ ।

यस प्रदेशको हिस्सा ४.२७ प्रतिशत रहेको छ । तथ्यांकअनुसार प्रदेश १ ले बागमति पछि बढी योगदान गर्ने प्रक्षेपण रहेको छ । यस प्रदेशले जीडीपीमा १५.८२ प्रतिशतको योगदान गर्नेछ । त्यसपछि प्रदेश ५ ले १४.१८ प्रतिशतको योगदान गर्नेछ । प्रदेश २ ले १३.७८ प्रतिशतको योगदान गर्ने विभागको तथ्यांक छ । सुदूरपश्चिम प्रदेशबाट ७.२१ प्रतिशतको योगदान हुने रहेको छ ।

बागमति प्रदेशको जीडीपीमा थोक तथा खुद्रा व्यापारको हिस्सा बढी छ । बागमति बाहेकका प्रदेशमा भने कृषिको हिस्सा बढी रहेको विभागले जनाएको छ । बागमतिमा शहरीकरण, बढी जनसंख्या, राष्ट्रिय तहका ठूला व्यापारिक कारोबारले समेत अर्थतन्त्रको आकार ठूलो भएको हो । बागमती प्रदेशमा घरजग्गा, भाडा तथा व्यवसायिक कारोबारको हिस्सा पनि ठूलो रहेको छ । बागमति प्रदेशमा औद्योगिक क्षेत्रअनुसार सबैभन्दा कम ०.५१ प्रतिशत योगदान रहेको onlinekhabar मा समाचार छ ।