मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ताैलिहवा अस्पतालमा कार्यरत स्टाफ नर्सलाई काेराेना संक्रमण

ताैलिहवा अस्पतालमा कार्यरत स्टाफ नर्सलाई काेराेना संक्रमण


सांकेतिक तस्बिर

काठमाडौं- कपिलवस्तुमा कोरोना संक्रमितमध्ये एक जना स्वास्थ्यकर्मी भएको खुलेको छ। मंगलबार जिल्लामा थप ८ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ। 

स्वास्थ्य मन्त्रालयको कोरोना भाइरस संक्रमणसम्बन्धी रिपोर्टमा एकजना संक्रमित २५ वर्षीया स्वास्थ्यकर्मी रहेको जनाइएकाे छ।

प्रदेश ५ स्वास्थ्य निर्देशनालयका प्रवक्ता तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत रोशनलाल चौधरीका अनुसार संक्रमित युवती जिल्लाको तौलिहवा अस्पतालमा कार्यरत नर्स हुन्। नेपालमा स्टाफ नर्सलाइ काेराेना भाइरस संक्रमण भएकाे याे पहिलाे भएको नेपाल समयमा खबर छ ।