मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फिल्डमा खटिएका पत्रकारको पीसीआर परीक्षण गर्न महासंघको आग्रह

फिल्डमा खटिएका पत्रकारको पीसीआर परीक्षण गर्न महासंघको आग्रह

सुदूर आज

काठमाडौं । नेपाल पत्रकार महासंघले फिल्डमा खटिएका पत्रकारहरुको नोभेल कोरोना भाइरसको पीसीआर परीक्षण गर्न आग्रह गरेको छ । मंगलबार कोरोना देखिएका ५७ जनामध्ये दुईजना पत्रकारमा कोरोना संक्रमित पुष्टि भएपछि महासंघले एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणबाट अति प्रभावित जिल्लामा फिल्डमा खटिइरहेका पत्रकारहरुका लागि तत्काल पीसीआर प्रविधिबाट स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउनुका साथै आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न सकारसँग आग्रह गरेको हो ।

कोरोना भाइरस (कोभिड १९) को  उच्च जोखिमका बीच अग्रभागमा रहेर नागरिकलाई सुसूचित र सचेत गराउने गहन जिम्मेवारी वहन गरिरहेको सञ्‍चार क्षेत्र पनि यतिखेर कोरोना भाइसरबाट प्रभावित हुन पुगेको खवरले नेपाल पत्रकार महासंघ अत्यन्त दुःखी र चिन्तित भएको महासंघमा महसचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

दुईजना पत्रकारमा कोरोना देखिएपछि अन्यको पनि स्वास्थ्य परीक्षण भइरहेको जनाइएको छ । यो संवेदनशील घडीमा सीमित स्रोत, साधन र अनेक कठिनाईका बाबजूद कार्यस्थलमा खटिएर पेशागत धर्म निभाइरहेका पत्रकारहरु अझ बढी गम्भीर र सचेत हुनु जरुरी छ । महासंघ यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्न सबै पत्रकारमा अपिल गर्दछ ।